२०७९ आश्विन १२ बुधबार

प्रचण्ड भन्नुहुन्छ : माओवादी केन्द्रले बरु सरकार छोड्ने तर एमसीसी कुनै हालतमा पास गर्न नदिने !

काठमाडौ : सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्र यथाअवस्थामा कुनै हालतमा एमसीसी पास गर्न नहुनेमा एकमत भएको छ । पार्टीको औपचारिक बैठक बाटनै माओवादी

केन्द्रले लिखित रुपमा यथाअवस्थामा एमसीसी पास गर्न नसकिने निर्णय लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केहि दिन अघिमात्रै प्रचण्ड र आफुले एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्र लेखेको बताए पछि माओवादी केन्द्रले

पार्टी बैठकबाटै एमसीसी पास गर्न नसकिने निर्णय लिएको हो । माओवादी केन्द्रले अमेरिकी अनुदान सम्झौ’ता एमसीसी लाई यथास्थितीमा अनुमोदन नगर्ने औप’चारिक निर्णय गरेको छ । आज बसेको माओवादी स्थायी समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले एमसीसीलाई परिमा’र्जनसहित

राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय भएको बताए । एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसीसीको विषयमा राष्ट्रिय सहमति

कायम नभइकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभइकन अगाडि नबढाउने कुरा भएको छ, बैठकको निर्णयबारे महराले भने । एमसीसी अनुमोदनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच

पछिल्लो साता फरक–फरक अभिव्यक्ति आइरहेको बेला सत्तारुढ माओवादीले औपचा’रिकरुपमै यस्तो निर्णय गरेको हो ।
माओवादीले एमसीसीका कतिपय बुँदा राष्ट्रिय हित र सम्प्रभुतावि’रुद्ध भएको बताउँदै आएको छ ।

तर, एमसीसी मुख्यालयले भने एमसीसी संशोधन गर्न नमिल्ने जवाफ सरकारलाई दिइसकेको छ । लिलामणी पोखरेल, देव गुरुङ लगायतका नेताहरु पहिले देखीनै संशोधननै भए पनि कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अडा’नमा रहेका छन् ।

भने पछिल्लो समय पूर्व सभामुख समेत रहेका कृष्णबहादुर महरा पनि यो लाइमा थपिएका छन् । केहि समय अघि मात्रै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले ओटीभी नेपाल डटकम सँगको कुराकानीमा बरु पार्टीले सरकार छोड्ने तर कुनै पनि हालतमा एमसीसी पास गर्न नदिने प्रष्ट पारेका थिए ।-ओटिभी नेपाल बाट

२०७८ कार्तिक २६, शुक्रबार ०५:३५ गते 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।