२०७९ आश्विन ११ मंगलवार

आइतबार राति देखि नेपाललाई को’भिडको रातो सूचीबाट हटाउदै बहराइन !

काठमाडौँ : बहराइनले को’रोना महामा’रीको रोकथामको लागि जारी गरेको अन्तराष्ट्रिय यात्रा सम्बन्धि क’डाई अन्तर्गत नेपाललाई राति सूचीबाट आइतबार रातिदेखि हटाउने निर्णय गरेको छ ।

बहराइनले नेपाललाई रातो सूचीबाट हटाउने निर्णय गरेसँगै विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त खोपको दुबै डोज लगाईसकेकाहरुलाई बहराइन प्रवेश पश्चात १० दिन अनिवार्य क्वारे’न्टाइन गर्नुपर्ने प्रावधा’न हटेको छ ।

यात्रुहरुले क्युआर कोड सहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने छ । खोप नलगाएका तथा खोपको मात्रा पुरा नगरेकाहरुले भने आफू बस्ने निवास वा बहराईनको स्वास्थ्य मन्त्रालयद्वारा निर्धारित स्थानमा क्वा’रेन्टिन गर्नुपर्ने बहराइनका सम्बन्धित निकायले जानकारी दिएका छन् ।

थप समाचार,
नर्वेमा को’भिड निय’न्त्रण गर्न पुनः कडाइ गरिने !

ओस्लो : नर्वेले बढ्दो को’रोनाभाइ’रसका स’ङ्क्रमण रोक्न राष्ट्रव्यापी उपायहरू पुनः अवलम्ब’न गर्ने भएको छ । नोर्डिक देश जसले सेप्टेम्बरको अन्तमा को’भिड–१९ विरु’द्धको जारी सबै प्रकारका प्रतिब’न्धहरू हटाएको थियो ।

प्रधानमन्त्री जोनास गाहर स्टोरले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार १८ वर्षभन्दा माथिका मानिसहरूका लागि तेस्रो चरणको खोपको व्यवस्थापन गरिनेछ, अन्य स्वास्थ्य मापद’ण्ड अवल’म्बन गरिनेछ तर बन्दाब’न्दी भने गरिने छैन ।

“सरकारले सङ्क्र’मण नियन्त्र’ण गर्न नयाँ राष्ट्रिय उपायहरू लागू गर्नेछ, यद्यपि यो पहिलेको जस्तो क|डारूपमा लागू गर्ने बारे अझै निर्णय लिइसकिएको छैन”, प्रधानमन्त्रीले भने ।

सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको नियमित स्वास्थ्य परीक्षण, मास्कको अनिवार्य प्रयोग लगायतका उपायहरू अवलम्बन गरिने छ । नर्वेमा पछिल्ला दिनहरूमा सङ्क्रमण बढेको पाइएको छ ।

विशेष गरी जर्मनी र मध्य तथा पूर्वी युरोपमा को’भिड–१९ सङ्क्र’मण पछिल्ला दिनमा बढिरहेको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठनले युरोप फेरि एक पटक महामा¥रीको “केन्द्र“ बन्न सक्ने चेतावनी दिएको छ ।

२०७८ कार्तिक २६, शुक्रबार २२:२७ गते 1 Minute 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।