२०७९ आश्विन १५ शनिबार

पत्रकारलाई लोप्पा खुवाउने इटहरीका मेयरले दिए माधव नेपाललाई लन्च पार्टी !

काठमाडौं : प्रश्न सोध्दा ‘नाक भाँच्न १ करोड छुट्याएको’ भन्दै पत्रकारलाई लो’प्पा खुवाउने नेकपा एमालेका नेता एवं इटहरी उपमहानगरपालिका मेयर द्वा’रिकलाल चौधरीले नेकपा

(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको टिमलाई लन्च पार्टी दिएका छन् । शुक्रबार अध्यक्ष नेपाल, प्रदेश नम्बर १ का नयाँ मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतको टिमलाई इटहरी लबिपुर निवासमा बोलाएर मेयर चौधरीले लन्च दिएका हुन् ।

मटन, चिकन र माछालगायत विभिन्न परिकार बनाएर अध्यक्ष नेपालको टिमलाई सत्कार गरेका चौधरीले एमाले सुनसरीको ने’तृत्वबारे पनि गु’नासो पोखेका थिए । लन्च पार्टीमा वर्षाको समयमा उपमहानगरभित्र देखिँदै आएको बाढीको समस्यालगायत पूर्वा’धार विकासको समस्याबारे पनि आफ्ना कुराहरु राखेका थिए ।

दुई दिनअघि सम्पन्न भएको एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा अध्यक्षता विषयमा वि’वाद बढ्दा मेयर चौधरीले माइक खोसेर थ’र्काएका थिए । उनले पार्टी विधि, प’द्धतिअनुसार नचलेको भन्दै माइक खोसेर अध्यक्षतामा वि’वाद गर्ने रेवती भण्डारी र रमेश बस्नेतलाई झ’पारेका थिए ।

त्यसलगत्तै शुक्रबार भएको लन्च पार्टीको भेटले मेयर चौधरी एमाले छाडेर माधव नेपाल नेतृत्वको पार्टीमा प्रवेश गर्न लागेको हल्ला छ । त्यसो त समाजवादीको इटहरी नगर कमिटीको फेसबुक पेजमा मेयर चौधरी र इटहरी उपमहानगरपालिका ४

का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने संकेत देखाएको छ ।
केही वर्षअघि पत्रकार वि’राट अनुपमले मेयर चौधरीमाथि प्रश्न सोध्दा ‘ तिम्रो नाकको ह’ड्डी भाँ’च्छु अनि मात्र मलाई शान्ति हुन्छ’ भन्दै ध’म्क्या’एका थिए । त्यसपछि मेयर चौधरी वि’वाद र च’र्चामा छाएका थिए ।

२०७८ कार्तिक २६, शुक्रबार २२:३३ गते 1 Minute 392 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।