२०७९ आश्विन १५ शनिबार

उच्च सीप भएका विदेशीलाई नागरिकलाई साउदीले नागरिकता प्रदान गर्ने !

काठमाण्डौ : साउदी अरेबियाले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने निर्णय गरेको छ ।डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्राविधिक लगायतको विशेष क्षेत्रमा काम गर्ने उच्च सीप भएका

विदेशी नागरिकलाई साउदीको नागरिकता प्रदान गर्न बिहीबार साउदीको शाही आदेशले अनुमति दिएको हो ।साउदीले २०३० सम्मको आफ्नो योजनामा विदेशी नागरिकलाई साउदी नागरिकता दिने विषय समेटेको छ । उच्च सीप युक्त विदेशी नागरिकलाई

आकर्षण गर्न र साउदीलाई ज्ञानको हब बनाउनका लागि यो कदम अघि बढाएको साउदीले जनाएको छ । वैज्ञानिक, डाक्टर र अन्य प्राविधिक क्षेत्रमा विदेशीहरूलाई आकर्षित गर्न र साउदीमा आकर्षण व्यापारिक वातावरणको सिर्जना गर्ने उद्देश्य साउदीले लिएको छ ।

उता बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्र’तिबन्ध हटाउने भएको छ ।नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

को’रोना सङ्क्र’मण रो’कथामका लागि बहराइनले विभिन्न देशलाई रेड लिस्टमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा विभिन्न प्रतिबन्ध लगाएको थियो ।तर नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रे’ड लिस्ट क’न्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने छन् । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको को’रोना विरु’द्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरे’ण्टीन बस्न पर्दैन । बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर को’डसहितको अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ ।

खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्व’रेण्टीनमा बस्नुपर्छ ।खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पीसी’आर परी’क्षण गर्नुपर्छ ।

२०७८ कार्तिक २७, शनिबार १०:३८ गते 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।