२०७९ आश्विन २० बिहीबार

अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईको सर्भरबाट हजारौं नक्कली इमेल गएपछि…

एजेन्सी : अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईको सर्भरबाट हजारौं नक्कली इमेल गएपछि साइबर आक्रमण हुनसक्ने आशङ्का गरिएको छ ।

उक्त घटना साइबर आक्रमण हुनसक्ने भन्दै अनुसन्धान थालिएको जानिएको छ । बीबीसीका अनुसार शनिवार बिहान आफ्नो सर्भरबाट इमेल जानुलाई ‘भइरहेको घटना’भने पनि त्यसबारे थप विवरण दिएको छैन।

उक्त इमेलहरू यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यु’रिटीबाट आएको जस्तो देखिने गरी पठाइएका थिए। ती इमेलका विषय ‘अर्जेन्टः थ्रेट एक्टर इन सिस्टम्स’ रहेको बताइएको छ । ती एउटा सम्भावित जोखिमका बारेमा चेतावनीका रूपमा भएको दाबी गरिएका छन्।

थप समाचार,
चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता !

एजेन्सी : चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लि’ङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको हो ।

उहाँहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्नुभएको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनि’याङले जानकारी दिनुभएको छ ।

यस फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्विपक्षीय सम्बन्ध, दुई देशबीचको द्विपक्षीय व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उहाँहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ ।

सोही उच्चस्तरीय वार्ताको पूर्व सन्ध्यामा दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिनुभएको हो ।

२०७८ कार्तिक २८, आईतवार २१:२० गते 1 Minute 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।