२०७९ आश्विन १० सोमबार

ब्रेकिङ – मुस्ताङमा ठूलो हिमप’हिरो, तर्सेर भाग्न खोज्दा ९ जना घा’इते !

काठमाडौँ : मुस्ताङको थासाङ गाउँपालिका– २ नाउरीकोटमाथि रहेको मानापाथी हिमालमा ठूलो हिमप’हिरो गएको छ ।
आइतबार दिउँसो घाम लागिरहेकै बेला मानापाथी हिमालको फेदबाट उक्त प’हिरो खसेको हो ।

हिमपहिरो खसेको देख्दा तर्सेर भागदौड गर्ने क्रममा शिक्षक तथा विद्यार्थीसहित ९ जना घा’इते भएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । उनका अनुसार अन्य मानवीय क्षति भने भएको छैन ।

बस्तीमाथिको हिमालबाट हिमप’हिरो खस्दा ठूलो आवाज आएको थियो । फेदीमा पर्ने कोवाङ गाउँमा रहेका जनआदर्श माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू तर्सेर भागदौ’ड गर्दा घाइ’ते भएका हुन् ।

हिमप’हिरोका कारण केही चौ’री लगायत चौपायाको क्ष’ति भएको किसानहरुले बताएका छन् । तर कति क्ष’ति भयो भन्नेबारे यकीन विवरण आएको छैन । उक्त हिमपहि’रोपछि मानापाथी हिमाल र टुक्चे’पीक हिमालबाट बग्ने बो’क्सी खोलामा पानीको बहाव समेत बढेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

२०७८ कार्तिक २८, आईतवार २१:२७ गते 1 Minute 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।