२०७९ आश्विन ११ मंगलवार

द्वारिकालाल चौधरी भन्नुहुन्छ : माधव नेपाललाई खानामात्र खुवाएको हुँ, म एमालेमै छु ।

सुनसरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफू नेकपा (एस)मा प्रवेश नगरेको बताएका छन् । उनले नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपाललाई

आफ्नो घरमा खाना खुवाएको तर पार्टी प्रवेश नै भने नगरेको बताएका हुन् । गत शुक्रबार उनको निवासमा अध्यक्ष नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईपनि उनको घरमा खाना खाँदै गरेको तस्बीर सार्वजनिक भएको थियो ।

त्यसपछि चौधरी पनि नेकपा (एस)मा प्रवेश भएको भन्ने चर्चा चलेको थियो । आईतबार उनले भनेका छन्, ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ। खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा (एस)मा गएको भन्नेमा सत्यता छैन । म अहिले एमालेमै छु।’

थप समाचार,
नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह ।

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घा’टनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री देउवाले भौति’करूपमा जतिसुकै उन्नत भए पनि सांस्कृति’करूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आ’गामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राख्नुभयो ।

समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो । प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्र’हालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूर’गामी प्रभा’व पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले को’भिड–१९ को महामा’रीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकामा प्रशंसा गर्नुभयो । कार्यक्रममा वाङ्मय शता’ब्दी पुरुष सत्य’मोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थ’हरूको प्रकाशन र पुनः प्रकाशन गरेर भा’षिक तथा साहित्यिक क्षेत्रको समृ’द्धिका लागि योगदान दिनसक्ने बताउनुभयो ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रतिष्ठानले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको जनाउनुभयो । सभामा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सभामा शुभकामना व्यक्त गर्नुभएको थियो ।

२०७८ कार्तिक २८, आईतवार २१:३३ गते 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।