२०७९ आश्विन २० बिहीबार

होङ्शी सिमेन्टले पायाे मागेजति बिजुली, दैनिक ६० हजार लिटर डिजल किन्नुपर्ने बाध्यता हट्याे ।

नवलपरासी : चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्द’घाट–सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा रहेकाे सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बर्द’घाटमा रहेको सबस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई हिजाे शनिवारदेखि बिजुली आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेशन हिजाे राति ९ बजे चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई बिजुली दिएको हो ।

होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट बिजुली चाहिने छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै बिजुली दिइएको छ ।

यसका लागि उद्योगले आफ्नो परिसरमा ३१ दशमलव ५ एमभीए क्षमताको ट्रान्स’फर्मर जडान गरी बिजुली आपूर्ति लिएको छ । ११ र ३३ केभी प्रसारण मेगावा’टलाइनबाट बिजुली आपूर्ति लिने ग्राहकको भन्दा १३२ केभीको महसुल सस्तो छ । बिजुली लाइन पुग्न नसक्दा उद्योगले १ दशमलव ४ मेगावाटका १४ वटा डिजल जेनेरेट’रमार्फत बिजुली आ’पूर्ति गरिरहेको थियो ।

यसका लागि दैनिक ६० हजार लिटर डिजल खपत गर्दै आएको उद्योगले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयवासीको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिए पनि वैक’ल्पिक व्यवस्था गरी होङ्शीलाई बिजुली दिन सकिएको बताउनुभयो ।

होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैक’ल्पिक व्यवस्था गरी उद्योगलाई बिजुली आपूर्ति दिइएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा ब’र्दघा’ट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई बिजुली आपूर्ति दिइएको हो ।

२२० केभी प्रसारण लाइनबाट आएको बिजुलीलाई ट्यापिङ गरी बर्दघा’ट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा बिजुली दिइएको छ । बर्द’बाट–भरतपुर २२० केभी र बर्दघा’ट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो ।

‘देशभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरूले मागेजति विद्युत् दिइरहेका छौँ । गुणस्तरीय, भरपर्दो र प¥र्याप्त विद्युत् आ’पूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेशनहरूको क्षमता बढाउने, सुदृ’ढीकरण गर्ने लगायतका काम अभियानकै रूपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ’, घिसिङले भन्नुभयो, ‘ठूला उद्योग स्थापनालाई प्रोत्सा’हन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौँ ।’

उद्योग, वाणिज्य तथा आ’पूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग बिजुली पु¥र्‍याउने घोषणाअनुसार बर्दघा’ट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्कि’ट प्रसारण लाइन बनिरहेको हो । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वी’कृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण याे प्रसारण लाइनको निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारको ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/०७४ मा आयोजनाको सुरु गरिएको थियो ।- यो खबर उज्यालो अन्लाईनमा प्रकाशित छ ।

२०७८ कार्तिक २९, सोमबार ०८:०९ गते 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।