२०७९ आश्विन १० सोमबार

नेपाली श्रमिकका लागि बहराइन खुला, खोप लगाएकाहरू क्वरेण्टीनमा बस्न नपर्ने !

काठमाण्डौ : बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिब’न्ध हटाउने भएको छ । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

को’रोना स’ङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न देशलाई रेड लिस्टमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा विभिन्न प्रतिबन्ध लगाएको थियो । तर नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने छन् । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कोरो’ना वि’रुद्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरेण्टीन बस्न पर्दैन ।
बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको

अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ । खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्व’रेण्टीनमा बस्नुपर्छ ।

खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पी’सीआर परी’क्षण गर्नुपर्छ । BeAwareBahrain एपमार्फत पीसीआर परीक्षणको लागि समय लिनपर्छ ।

२०७८ कार्तिक २९, सोमबार ०८:३७ गते 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।