२०७९ आश्विन १० सोमबार

एमाले अलिकति कम-जोर हुँदा कस्तो हुँदोरहेछ देख्नुभयो नि !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा देखिएको विवादबारे कडा आलोचना गरेका छन् ।
सोमबार धनकुटामा आयोजित कार्यक्रममलाई सम्बोध गर्दै

ओलीले देशमा एमाले नभए कस्तो हुँदोरहेछ भनेर प्रश्न गर्दै न्यायालयमा देखिएको विवादबारे कडा आलोचना गरे ।
केही वकिलहरुको दादागिरीका कारण न्यायालय ठप्प

भएको भन्दै सेवाग्राही बञ्चित हुनुपरेको उनको भनाइ थियो ।
जनताका समस्या नहेरी न्यायाधीशहरु आफ्नो स्वार्थमा लागेको उनले आरोप पनि लगाए । अध्यक्ष ओलीले भने, ‘एमाले अलिकति कमजोर भयो भने कस्तो हुँदोरहेछ देख्नुभो नि !

पाँच दलको गठबन्धनको कानुनी क्षेत्रको मारामार, कहिले लात्ति हानाहान, कहिले बन्द हड्ताल । अहिले सर्वोच्च अदालतका अगाडि लाठी चार्ज तथा मारामार, हानाहान, को–कोहोलो के गर्या हो त्यो ?

अदालत हो कि के हो ? जनताका समस्या त्यतिकै छन्, न्यायाधीश मुद्दा हेर्दैनन् । जनताको मुद्दा हेर्दैनन् । आ–आफ्ना स्वार्थको दाउ,पेच । केही वकिलहरुको दादागि,री चलेको छ । हामीले जे भन्यो त्यही हुनुपर्छ ।’

२०७८ कार्तिक ३०, मंगलवार १७:२१ गते 0 Minutes 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।