२०७८ माघ ११ मंगलवार

कर्कलोको पातको तरकारी खानुको यति धेरै फाइदाहरु ।

स्वास्थ्य : हामीले खाने हरियो साग, तरकारी मध्ये कर्कलोको साग पनि पर्छ। कर्कलोको साग सजिलै भेटेपनि अन्य साग जस्तो लोकप्रिय भने छैन।

कर्कलोको सागको बारेमा थाहा नभएको सायदै कोहि होलान् तर पनि कर्कलोको साग भने हामीले आफ्नो नियमित भोजनमा त्यसलाई समावेश गर्दैनौँ। किनभने कर्कलोको साग अन्य सागभन्दा बनाउँदा र खाँदा को’क्याउने हन्छ।

कर्कलोको साग हाम्रो स्वास्थ्यको लागि अन्य साग वा तरकारी भन्दा बढी फाइदाजनक हुन्छ। कर्कलोको पात खानाले धेरै प्रकारका रोगबाट हामी बच्न सक्छौँ। कर्कलोको सागमा भिटमिन ए ,बी, र सी, क्या’ल्शियम, प्रोटीन, पो’टाशियम, आइरन, कार्बो’हाइड्रेट र ऐन्टी-अक्सि|डेन्ट भरपूर मात्रामा पाइन्छ।

कर्कलोको पातमा भिटमिन ए आँखाको लागि फाइदाजनक हुन्छ। यसले आँखाको रोशनी बढ्छ र मांस’पेशिहरु पनि बलियो हुन्छ । साथै भिटमिन सी ले अनुहारको चाउरीपना कम गर्नमा मद्दत गर्छ।

क्याल्शि’यम हड्डिको निर्माण वा बलियो बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यदि तपाई कर्कलोको पात सेवन गर्नु हुन्छ भने त्यसले मोटोपन पनि निय’न्त्रण गर्नमा मद्दत गर्छ। किनकी कर्कलोको पातले भोक लाग्न दिदैँन।

साथै यसमा पाइने फाइबरले मेटाबो’लिज्मलाई पनि सक्रिय बनाउँछ जसले शरीरको तौल सँधै नियन्त्र’णमा रहन्छ। त्यति मात्र नभई कर्कलोको पातको सेवनले जोर्नीको दुखाईमा पनि राहत प्रदान गर्छ। कर्कलोको पातलाई बेसनमा पकौ’डा बनाएर खानु पनि फाइदाजनक हुन्छ।

२०७८ कार्तिक ३०, मंगलवार १८:१७ गते 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार