२०७९ आश्विन ११ मंगलवार

भारतलाई विजुली बेचेर दुई हप्तामै नेपालले कमायो ६ करोड भन्दा बढी !

काठमाडौ : कुनै बेला १८ घण्टा अन्धकारमा बस्नु परेको नेपालले अहिले भने विद्युत उत्पादन गरेर भारतलाई बेच्न समेत सफल भएको छ ।

नेपालमा उत्पादन भएको विजुली भारतलाई बेचेर एक सातामै नेपालले ६ करोड भन्दा बढी पैसा आर्जन गरेको छ । नेपालले हालै मात्र छिमेकी मुलुक भारतलाई विद्युत बेचेर अहिलेसम्म ६ करोड रुपैयाँ आम्दानी गरेको हो ।

विद्युत् बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ) को विद्युत् बेचिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

विद्युतमा हुने चुहा’वट, उत्पादनमा कमी र लाप’रवाहीका कारण नेपाली जनताले १८ घण्टा सम्मको लोड’सेडिगं भोग्दै आएका थिए ।

प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रति’युनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्रा’प्त भएको छ। यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रति’युनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत् बिक्री गरिएको छ।

प्राधिकरणका अनुसार हाल नेपालले भारतको एक्सचेन्ज मार्केटमा दैनिक ३९ मेगावाट (९३ हजार ६ सय युनिट) बिजुली बेचिरहेको छ।

यसमध्ये २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट विद्युत् भारतमा लगिएको छ। स्वदेशमा बढी भएको विद्युत् मात्र भारत पठाइरहेको विद्युत् प्राधि”करणको भनाइ छ। -ताजाखबर बाट

२०७८ मंसिर १, बुधबार १५:३८ गते 1 Minute 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।