२०७९ आश्विन १५ शनिबार

दुबईमा नेपालको मौलिकता बोकेको काष्ठमण्डप स्थापना हुने !

काठमाडौं : नेपाली मौलिकता बोकेको काष्ठमण्डपलाई संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा स्थापित गर्ने अभियानमा इम्प्लिमेन्टिङ एक्पर्ट ग्रुप (आइजी) अघि बढेको छ।
हाल दुबईमा सञ्चालन भइरहेको विश्व व्यापार प्रदर्शनी

(एक्स्पो–२०२०) मा नेपालको मौलिकता बुझ्न विदेशी पर्यटकले देखाएको चासोका कारण आइजी समूहले दुबईकै कुनै एउटा ठाउँमा काष्ठमण्डप स्थापित गर्ने योजना अघि सारेको हो।
‘हामीले दुबईको ग्लोबल भिलेज वा अन्त कतै राख्ने गरि तयारीअघि बढाएका छौं

आइजी समूहका अन्तर्राष्ट्रिय निर्देशक विनायक शाहले प्रवास खबरलाई जानकारी दिए। उनले ‘दुबई एक्स्पो–२०२०’ मा नेपाली पवेलियनभित्र काष्ठमण्डप निर्माण गर्ने योजना पनि अघि सारेका थिए। तर, को’भिड–१९ म’हामा “रीका कारण आइजी समूहको योजना बीचैमा तुहिएको थियो। ‘नेपाली पवेलियनमा हामीले काष्ठमण्डप बनाउन आधा तयारी पूरा गरिसकेका थियौं

शाहले भने, ‘तर, को”भिडको कारण एक्स्पोमा प्रदर्शनीका लागि राख्न सकेनौं। यसका लागि हामीले धेरै मिहिनेत र खर्च गरिसकेका छौं। त्यसैले अब दुबईको ग्लोबल भिलेज वा अन्त कतै राख्ने गरी तयारी भइरहेको छ।’

उनले काठको नक्सा पास गर्न धेरै समय लागेको, को”भिड म”हा”मारी र लकडाउनका कारण हवाइ उडान नहुँदा हिँडडुल गर्न अप्ठ्या”रो परेको जानकारी दिए। ‘निर्माण सामाग्री दुबई पुर्याउन समस्या परेपछि प्रदर्शनीमा काष्ठमण्डप बनाउने योजना स्थगित गर्नु परेको हो,’ उनले भने।

कम्पनीका अनुसार काष्ठमण्डप निर्माणको लागि इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुपका वरिष्ठ अधिकारीहरू, मास्टर आर्किटेक्ट र इन्जिनियर तथा प्राविधिक विशेषज्ञहरूको समूहले नेपाली अधिकारीसँग बैठक गर्नुका साथै कन्सेप्ट डिजाइन स्वीकृत, स्थानीय ठेकेदारको नियुक्ती र लाखौं डलर मूल्यको सामग्री र सेवाहरू खरिद गरिसकेको थियो।

यस्तै, काष्ठमण्डपका लागि आवश्यक पर्ने करिव एक सय मेट्रिक टन सालको काठ खरिद गरेर नेपाली डिजाइनरबाट कलात्मक डिजाइन समेत तयार पारिसकेको थियो।

काष्ठमण्डप निर्माण गर्न यूएई सरकारले अस्ट्रेलिया पवेलियन नजिकै २ हजार वर्ग मिटर जमिन नेपाललाई उपलब्ध गराएको थियो। यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले भूमिपुजन पनि गरिसकेका थिए। तर, को”रोनाका कारण काष्ठमण्डपका सामग्री ढुवानी गर्न असम्भव भयो।

‘नेपाली कला, संस्कृतिलाई संसारभर पुर्याउन ‘दुबई एक्स्पो–२०२०’ मा काष्ठमण्डप निर्माणको योजना बनाइएको हो,’ आइजी समूहका अध्यक्ष अमृतरत्न शाक्यले बताए। तर, अब एक्स्पोमा राख्न असफल भएपनि दुबईको कुनै प्रतिष्ठित ठाउँमा काष्ठमण्डपलाई स्थापित गर्न सकिए, यसको प्रभाव उत्तिकै पर्ने शाक्यको विश्वास छ।

‘काष्ठमण्डप निर्माणका लागि हामीले धेरै लगानी गरिसकेका छौं,’ शाक्यले भने, ‘यो लगानीलाई खेर जान दिदैनौं, विश्वले देख्नेगरी राख्छौं, यसले विश्वमा नेपाल चिनाउने छ।’
स्वीकृतिका लागि आइजी समूहका प्रतिनिधिले यूएई सरकारका सम्बन्धित अधिकारी, आबुधाबीस्थित नेपाली राजदूतलगायत सबैसँग छलफल गरिसकेको छ।

२०७८ मंसिर २, बिहीबार ०३:३९ गते 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।