२०७९ असार १५ बुधबार

आज ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रह’ण लाग्दै, कति बजेदेखि लाग्दैछ ?

काठमाडौं : आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्र’हण लाग्दैछ । यो ग्रह’ण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ।

चन्द्र ग्रहण नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहने बताइएको छ । पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्र’हणको अवधि लामो हुन गएको खगोलविद्हरुको दाबी छ।

यो पटकको चन्द्रग्रह’णमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ । दिउँसो करीब साढे १ बजे ग्र’हण उच्च बिन्दुमा पुग्ने बताइएको छ। यो ग्र’हण पृथ्वीका विभिन्न भागबाट देखिनेछ । बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रह’ण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ ।

खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रह’ण लाग्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ ।

उक्त अवस्थालाई नै चन्द्र ग्रह’ण भनिन्छ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्र’हण लागेको भनिदै आएको छ । र, आजपछि सन २६६९ फेब्रुअरी ८ मा यस्तै लामो चन्द्रग्रह’ण लाग्ने बताइएको छ ।

२०७८ मंसिर ३, शुक्रबार १०:३५ गते 1 Minute 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।