२०७९ आश्विन १० सोमबार

५८ मिनेट अमेरिकी राष्ट्रपति बनिन् कमला ह्यारिस, बन्यो नयाँ इतिहास ।

काठमाडौं : अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिसले राष्ट्रपतीय अधिकार पाएकी छन् । उनले राष्ट्रपति जो बाइडन स्वास्थ्य जाँचका लागि जाँदा ५८ मिनेट राष्ट्रपतिय अधिकार पाएकी हुन् ।

यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बनेकी छन् । उनलाई अधिकार प्रत्यायोजन प्रकृयामार्फत राष्ट्रपतीको अधिकार प्रदान गरिएको बताइएको छ । उपराष्ट्रपति ह्यारिसले ह्वाइट हाउसको (वेस्ट विङ्स)बाट

आफ्नो जिम्मेवारी सम्हालेकी थिइन् । राष्ट्रपति बाइडेनले ७९औं जन्मजिनको पूर्वसन्ध्यामा शुक्रबार स्वास्थ्य परीक्षण गरिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको ह्वाइट हाउसले निकालेको बिज्ञप्तिमा जनाइएको छ ।

२०७८ मंसिर ४, शनिबार ११:३२ गते 0 Minutes 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।