२०७९ आश्विन २० बिहीबार

कतारमा फिफा अरब कपको टिकट काउन्टर बाट पनि खरिद गर्न सकिने !

दोहा : फिफा अरब कपको लागि टिकट अब काउन्टर बाट पनि खरिद गर्न सकिने भएको छ । अल कासर मेट्राे स्टेशन बाट पुग्न सकिने दोहा एक्जिबिसन सेन्टरमा राखिएको फिफाको

काउन्टर बाट उद्घाटन खेल देखि फाइनल खेल सम्मकै टिकट आज देखि खरिद गर्न सकिने भएको हो । सोही काउन्टर बाट खेल हेर्न अनिवार्य रहेको फ्यान आईडी पनि लिन सकिन्छ । टिकट दर २५ देखि २४५ रियाल बिच रहेको छ ।

फिफा अरब कप २०२१ !

फिफा अरब कप प्रतियोगितामा आयोजक कतार सहित १६ राष्ट्रले सहभागिता जनाउने छन् । नोभेम्बर ३० मा हुने प्रतियोगिताको पहिलो खेलमा अल बायत रंगशालाको उद्घाटनसंगै कतारले बहराइनको सामना गर्नेछ ।

सोही रंगशालामा कतारको राष्ट्रिय दिवसको अवसर पारेर प्रतियोगिताको समापन हुनेछ । सोही दिन युएई विरुद्ध सिरियाको खेल हुने रस अबु अबौद रंगशालाको पनि उद्घाटन हुँदैछ ।

२०२२ विश्वकपका लागि निर्माण हुने आठ रंगशाला मध्ये प्रतियोगिता अल बायत , अल थुमामा,अह्मद बिन अलि, एजुकेसन सिटी ,रस अबु अबौद र अल जनौब रंगशाला गरि जम्मा ६ रंगशालामा खेलहरु सन्चालन हुनेछन् ।-QN KHABAR

२०७८ मंसिर ४, शनिबार २१:०० गते 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।