२०७९ आश्विन २० बिहीबार

राष्ट्रपति भण्डारी भन्नुहुन्छ – पेट्रोलियम पदार्थले भार थोपर्यौ, विद्युतीय सवारीको प्रयोग गरौँ ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र सफा काठमाडौं बनाउनेबारे आफ्नो धारणा व्यक्त गरेकी छन् ।
शनिबार काठमाडौंको स्वयम्भूमा पुनर्निर्माण गरिएको

ज्ञानमाला भजन खलः भवनको उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले स्वच्छ र सफा काठमाडौं बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने सल्लाह दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले पेट्रोलियम पदार्थले मुलुकमा भार थोपरेको भन्दै विद्युतीय सवारी साधनको प्रयोग गर्नु उत्तम रहेको बताइन् । विद्युतीय सवारी साधनको न्यून प्रयोगलाई बढाएर स्वच्छ र सफा काठमाडौं बनाउनुपर्ने उनले पुनः जोड दिइन् ।

यसैगरी राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा वाय प्रदूषण बढाइरहेका इाटाभट्टाहरूमा पनि विद्युतीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

यसका लागि नेपालमा स्रोत साधनको कुनै कमी नभएको बताउँदै राष्ट्रपति भण्डारीले देशमा विद्युत उत्पान बढिरहे पनि त्यसको पर्याप्त प्रयोग गर्न नसक्नु कमजोरी रहेको बताइन् ।

२०७८ मंसिर ४, शनिबार २०:४५ गते 0 Minutes 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।