२०७९ आश्विन १२ बुधबार

बिहानै खाली पेटमा कागती पानी पिउँनुको यति धेरै फाइदाहरु ।

स्वास्थ्य : हामी सबैलाई थाहा छ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ ।

जस्तै: कागती पानीले शरिरमा पार्ने फरक । हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र मानिसले बिहान बिहान खाली पेटमा कागती पानी पिउँछन् । तपाईले कागती पानी हरेक बिहान पिउँदा हुने फाइदा थाहा पाउँनु भयो भने छक्क पर्नुहुनेछ ।

खाली पेटमा कागतीपानी पिउनुको फाइदाहरु !

तौल कम गर्न

मोटोपनाबाट ग्र’स्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ ।

मुखको दुर्ग’न्ध हट्छ

कागतीपानीले मुखको दुर्ग’न्ध पनि हटाइदिन्छ । शरीरलाई वि’ष रहित बनाउन यसले मद्दत गर्छ ।

जोर्नीको पी’डाबाट राहत

जोर्नीको पी’डाबाट चिन्ति’त हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् ।

भिटामिन सी

शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग ल’ड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्र’तिरोधक क्षमता राम्रो हुन्छ । रु’घाखोकी जस्ता संक्र’मण पनि यसले राख्न दिँदैन ।

पाचन क्रिया राम्रो !

बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भोक लाग्न शुरु गर्छ र पाचनक्रि’यालाई राम्रो राख्न पनि मद्दत गर्छ ।

छालामा निखार

कागतीमा भएको एन्टीअक्सि’डेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागध’ब्बा सफा हुन्छन् ।

कागतीमा त्यस्तो के हुन्छ र फाइदा गर्छ ?

कागतीलाई क्या’ल्सियम, म्या’ग्नेसियम, पोटा’सियम, साइ’ट्रिक एसि’ड र फस्फो’रसको राम्रो स्रोत मानिएको छ । कागती पानी पिउने गरेमा शरीरमा खत’रनाक ब्याक्टे’रियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । मस्ति’ष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

कागतीले घुँ’डा र जोर्नीहरूको पी’डा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ । एन्जा’इम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ । कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सि’यमको मात्रा सन्तुलन गर्छ ।

हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको प’त्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । भिटामिन ‘सी’अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ । कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्या’क्टेरियल गुण देखाउँछ । बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ । कागती पानीले पाचनमा सहयोग पुग्छ ।

नोट : माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

२०७८ मंसिर ५, आईतवार १०:१८ गते 1 Minute 579 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।