२०७९ आश्विन ११ मंगलवार

आकाशमा प्लेन उड्दाउड्दै पाइलटको ‘ड्यूटी’ सकिएपछि रुकुम उडेको प्लेन नेपालगञ्ज पुग्यो !

काठमाडौ : आकाशमा प्लेन उडाउँदा उडाउँदै पाइलटको ड्यूटी सकियो । के अब पाइलटले जहाजलाई गन्तव्यमा नपुर्याउने ? घ’टना सोमबारको हो । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान

रुकुमको चौरजहारी विमानस्थल उड्दै थियो । अपरान्ह ३ बजेको समयमा जहाज काठमाडौँबाट छुट्ने समय तालिका थियो । जहाजमा ८ जना यात्रु थिए । तर, जहाज रुकुमको चौरजहारी नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण भयो ।

एयरहोस्टेजबाट जहाजमा कुनै प्राविधिक समस्या आएको पनि जानकारी भएन, र नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दैछौ भन्ने पनि जानकारी नपाएका यात्रुहरु चाँडै चौरजहारी आईपुगियो भनेर खुशी भए । तर, विमान नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।

चौरजहारी रुटकै बीचमा पर्ने नेपालगञ्जमै प्लेन अवतरण हुनुको कारण भने आकाशमै पाइलटको ड्यूटी सकिनु रहेको छ । जहाज उडाउँदा उडाउँदै पाइलटको ड्यूटी सकिएपछि उनले प्लेनलाई नेपालगञ्जमै अवतरण गराए ।

जहाजका पाइलट थिए पेम्बा शेर्पा । सोमबार उनको ड्यूटी बिहान ५ः३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म मात्रै थियो । ड्यूटी सकिने समयमा जहाज नेपालगञ्जको आकाशमाथि पुगेपछि पाइलट शेर्पाले आफ्नो ड्यूटी सकिएको भन्दै जहाजलाई नेपालगञ्ज विमानस्थलमै अवतरण गराए ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यो घ’टनाबारे आफूले पनि जानकारी पाएको भन्दै थप कुरा बुझ्ने काम भईरहेको बताए । पाइलटको सनकका कारण यात्रुले दुःख पाएको भन्दै आलो’चना भएपनि निगम

प्रशासनले थप बुझ्ने र आवश्यक निर्णय लिईने जनाएको छ । आफ्ना पाइलटले गन्तव्यसम्म यात्रु नपुर्याएपछि यात्रुहरुलाई नेपालगञ्जकै होटलमा राखेर मंगलबार बिहान रुकुमको चौरजहारी पु¥र्याइसकिएको निगम स्रोत बताउँछ ।

२०७८ मंसिर ७, मंगलवार १८:१९ गते 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।