२०७९ आश्विन १२ बुधबार

खुशीको खबर ! अष्ट्रेलिया र जापान जान विद्यार्थीलाई भीसा खुला ।

काठमाडौं : अध्ययनका लागि जापान र अष्ट्रेलियाले जाने नेपाली विद्यार्थीका लागि प्रवेशाज्ञा (भीसा) खुल्ने भएको छ ।
यसअघि कोरोना महामारीका कारण उच्च शिक्षाका लागि

अष्ट्रेलिया र जापान जान भीसा अनुमति थिएन । नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भीसा अनुमति दिने भएको हो । अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य

वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरी जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक बाहेक सबैलाई भीसा दिने भएको छ । यो सँगै अष्ट्रेलिया र जापानमा उच्च शिक्षा अ अध्यायानका लागि जाने नेपाली विद्यार्थीका लागि राहत भएको छ ।

थप समाचारल,
मलेसिया रोजगार बन्द हुँदा नेपालीको पहिलो गन्तव्य कतार बन्यो !

काठमाडौं : कामदारमाथि अनावश्यक आर्थिक भार पारेको भन्दै रोजगारीका लागि मलेसिया जान श्रम स्वीकृतिमा सरकारले रोक लगाएसँग नेपाली कामदारका लागि कतार आकर्षक देश बनेको छ।

गत आर्थिक वर्ष २०७५/७६ मा कतार जाने कामदारको संख्या १ लाख ६१ हजार २ सय १५ पुगेको छ। कतारपछि युएईमा १ लाख १९ हजार ८ सय ५५ जना युवा कामका लागि पुगेका छन्। यो संख्या नयाँ श्रम स्विकृति, पुनः श्रम स्विकृति, तथा वैधानिकर णमार्फत् वैदेशिक रोजगारीमा जानेको संख्या हो।

कतार र युएईपछि साउदीमा १ लाख १७ हजार ९ सय ४ जना युवाहरु रोजगारीका लागि पुगेका छन्। हाल कलिङ भि’सा लागेका र पुनः श्रम स्वीकृति लिएर मात्रै कामदार मलेसिया गइरहेका छन्।

२०७५ साउनदेखि २०७६ असारसम्म कलिङ भिसा लागेका र पुनः श्रम स्विकृतिबाट ४२ हजार १ सय ४६ कामदार मलेसिया पुगेका छन्। अघिल्लो वर्ष नयाँ तथा पुनः श्रम स्वीकृति वैधा’निक च्यानलबाट मलेसिया जाने कामदारको संख्या १ लाख ४ हजार रहेको थियो।

२०७८ मंसिर ८, बुधबार १०:५६ गते 0 Minutes 315 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।