२०७९ आश्विन २० बिहीबार

ल्वाङ खानुको अचम्मैको ६ फाइदाहरु जान्नुहोस ।

स्वास्थ्य : आयुर्वेदिक औषधि एवं उपायले ए’न्टिफंगल, जीवाणु’रोधी, एन्टि’सेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ । यिनैमध्ये एक हो ल्वाङ, जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो ।

यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ ।
दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ । राति सुत्नुअघि नियमित ल्वाङ सेवन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ ।

सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्छ । थुप्रै प्राकृतिक औषधि ल्वाङबाट बनाइन्छन् । यसको तेल निकालेपछि पसलेहरू यसलाई बेच्नका लागि बजारमा ल्याउँछन् । जब कि तेलबिनाको ल्वाङ कामलाग्दो हुँदैन । तपाईंले ल्वाङमा चाउरी परेको वा चिरा परेकोजस्तो पाउनुभयो,

पुष्ट पाउनुभएन भने सम्झनुस् कि त्यसबाट तेल निकालिएको छ । त्यसलाई किनेर काम छैन किनभने त्यले कुनै का मगर्दैन । ल्वाङको सबैभन्दा महत्वपूर्ण कुरा नै यसको तेल हो । तसर्थ तेलयुक्त ल्वाङबाट मात्रै इच्छित स्वास्थ्यलाभ लिन सकिन्छ ।

ल्वाङको फाइदाहरु ?

१. दाँत दुखाइमा आराम : तपाईंको दाँत दुखेको खण्डमा ५ ग्राम कागतीको रसमा ३ वटा ल्वाङ पिसेर जहाँनेर दुखेको छ ठीक त्यहीँ लगाउनुहोस् । तुरुन्तै आराम मिल्छ । अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ । यति पनि नभए ल्वाङलाई नै दुखेको ठाउँमै पारेर च्यापिराख्दा पनि केही बेरमा आराम हुनथाल्छ । ल्वाङले दाँतका सबैखाले संक्रमण हटाउँछ ।

२. घा’उको उपचार : ल्वाङ निकै कडा रसयुक्त हुन्छ । कुनै पनि प्रकारको घाउ छ भने जैतुनको तेलमा थोरै ल्वाङको तेल मिसाएर घाउमा लगाउँदा घाउ छिटै निको हुन्छ । काटेको वा अन्य चोटपटक लागेको अवस्थामा ल्वाङलाई पिसेर त्यसमा बेसार मिसाई लगाउँदा चोट चाँडै निको हुन्छ । त्यो पाक्ने सम्भावना रहँदैन ।

३. घाँटीको खसखस : मौसमी परिवर्तन वा बाहिरी खानपानका कारण घाँटी बस्ने, खसखस हुनेजस्ता समस्या देखा परे १–२ घण्टाको अन्तरालमा एउटा ल्वाङ चपाउने वा त्यसलाई जिब्रोमा राखिराख्नाले घाँटी खसखस हुने वा दुख्ने समस्या हट्छ ।

४. पेट सफा राख्न : दिनमा २–४ वटा ल्वाङ चपाएर खानाले पूरै दिन ताजापन महसुस हुनाका साथै पेट पनि सफा रहन्छ । नियमित ल्वाङको सेवनले हरेक दिन पेट खलास हुन्छ ।

५. इम्युन सिस्टम वृद्धि : ल्वाङमा इम्युन बुस्टर हुन्छ जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउन सहयोग गर्छ । ल्वाङको नियमित सेवनले कमजोरी हट्छ । हातगोडा काम्दैन: कतिपयमा हातगोडा काम्ने समस्या हुन्छ । यस्तो समस्या छ भने हरेक रात सुत्नुअघि १–२ वटा ल्वाङ चपाएर खानुपर्छ । केही दिनपछि हातगोडा काम्ने समस्या निर्मूल हुन्छ ।

६. अन्य समस्यामा : टाउको दुखेको छ घरमा अन्य औषधि छैन, भनेपछि के गर्ने ? यस्तोमा २–३ वटा ल्वाङ पिसेर मनतातो पानीसँग स्वाट्ट पिइदिनुपर्छ । केही बेरपछि नै राहत महसुस हुन्छ ।

कतिपय मानिसको आँखाको सेतो भागमा समस्या हुन्छ जसका कारण उनीहरूको दृष्टि कमजोर हुन्छ । यस्तो अवस्थामा तामाको भाँडामा ल्वाङ पिसेर त्यसमा थोरै मह मिसाई खानुपर्छ । फाइदा गर्छ । यति धेरै गुण भएर पनि ल्वाङको बढी सेवन हानिकारक हुन्छ । यसको प्रकृति गर्मी खालको हुन्छ । तसर्थ यसको सेवन गर्नुअघि आयुर्वेदिक विशेषज्ञसँग परामर्श लिनु राम्रो हुन्छ ।

नोट : माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

२०७८ मंसिर ८, बुधबार २०:०७ गते 1 Minute 350 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।