२०७९ आश्विन १२ बुधबार

गैर कानुनी कामादर बारे साउदीको ध’म्कीपुर्ण उद्घोष, १५ बर्ष कै’दको चेता-वनी !

काठमाडौं : साउदी अरबले अवै’धानिक आप्रवासीविरु’द्ध क’ठोर नीति अख्ति’यार गरिने बताएको छ । एक महिनाको अवधिमा १४ हजार अवैधानिक आप्रवासी प’क्राउ गरेको साउदी अरबले अवैधा’निक आप्रवासी कामदार राख्ने वा ओसार’पसार गर्नेलाई

१५ वर्ष कैद, एक मिलियन अमेरिकी डलर अर्थात २ लाख ६० हजार रियल जरिवानासहित प्रयोगमा रहेको सवारीसाधन जफत गर्ने बताएको छ । पक्रा’उ परेका १४ हजारमध्ये १ हजार ५ सय ३४ जना आप्रवासी कामदार रहेको बताइएको छ ।

साउदी अरबको आन्तरिक मन्त्रालयले अवैधा’निक कामदार राख्नेको सम्पत्तिसमेत जफत हुने बताएको छ । उता कतारमा विदेशी कामदारको परिचयपत्र कम्पनीले नविकरण गर्न नमानेको खण्डमा त्यस्तो कामदार ९० दिन भन्दा लामो समय बस्न नपाउने भएका छन् ।

कतारको आन्तरिक मन्त्रालयले कम्पनीले निकालिदिए पनि अर्को काम खोज्न कामदारलाई जम्मा ९० दिनको समय उपलब्ध हुने बताएको छ । तर विदेशी कामदार आप’राधिक गतिविधिमा संलग्न भएको भए रोजगारी खोज्न नपाउने बताइएको छ ।

उता मलेसिया सेलाङ्गोरको शाहआलमस्थित व्यापारिक क्षेत्रमा प्रहरीले २६ जना बंगलादेशी र एक नेपाली कामदारलाई प’क्राउ गरेको छ । पक्रा’उ परेकाहरूसँग पहिचान खुल्ने कागजातहरू नभएको, ओ’भरस्टे बसेको अवस्थामा रहेकोे अध्या’गमन अधिकारीहरूले बताएका छन् ।

मलेसियाले पछिल्लो पटक मानव बेचबि’खन र आप्रवासी विरोधी ऐन (एटीआईपीएसओएम), अध्यागमन ऐन १९५९-६३, राहदानी ऐन १९६६ र अध्यागमन नियम १९६३ अन्तर्गत अनुस’न्धान शुरू भएको बताएको छ ।

यता गैरकानुनी रूपमा टर्कीबाट ग्री’स प्रवेश गर्न लागेका एक नेपाली घा’इते भएका छन् । ७ आप्रवासीको दुर्घ’टनामा नि’धन भएको छ भने ८ गम्भी’र घाइते भएका छन् ।

नेपालीसहित १५ आप्रवासी शुक्रबार टर्कीको सीमा हुँदै ग्रीसको उत्तरी नाकाबाट युरोप छिर्न खोजेका थिए । तर मध्यरातमा गाडी दूर्घ’टनामा परेको बताइएको छ । मृ’त्यु हुनेमा ६ पुरुष र एक महिला रहेका छन् । उनीहरूको परिचय भने नखुलेको बताइएको छ ।-यो खबर चिया गफमा प्रकाशित छ ।

२०७८ मंसिर ९, बिहीबार ०५:४७ गते 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।