२०७९ आश्विन १० सोमबार

कोरिया उड्नै लागेका ८३ युवालाई ठ’ग्ने होटलमा मन्त्री श्रेष्ठको छापा !

काठमाडौ : कोरिया उड्न लागेका नेपाली श्रमिकलाई ‘होटल प्याकेज’को नाममा रकम असुल्ने होटलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्टि’ङ अप’रेसन गरेका छन् ।

उनले बाल्टिक होटलमा कोरिया उड्न लागेका ८३ जना नेपाली नागरिक बसेको र उनीहरूलाई होटल प्याकेजको नाममा बढी दिनको भाडा असुल्न लागेको सूचनाका आधारमा स्टि’ङ अप्रे’सन गरेका हुन् । ‘बुधवार बिहान मैले होटलमा स्टिङ

अपरेस’न गरेँ,’ लोकान्तरसँग मन्त्री श्रेष्ठले भने, ‘मैले पहिलेदेखि नै श्रमिकको पक्षमा बोल्दै आएकाले अहिले पनि उनीहरूको समस्या समाधानमा लागि परेको हुँ ।’ मन्त्री श्रेष्ठका अनुसार बा’ल्टिक होटलमा कोरिया जान लागेका ८३ जना बसेका थिए । उनीहरू त्यहाँ ५ दिनदेखि बसेको तर, सात दिनको पैसा मागेको पाइएको मन्त्री श्रेष्ठले बताए ।

उनका अनुसार उनीहरूमध्ये धेरैले पैसा तिरिसकेको पाइएको छ । होटलमा बसेका ८३ जनामध्ये केहीलाई ३० हजार रूपैयाँभन्दा बढी थप रकम असु’लेको पाइएको छ । तर, ति’र्नुपर्ने रकम भने करीब १२ हजार मात्रै हुन आउने मन्त्री श्रेष्ठको भनाइ छ ।

‘कोरिया जान लागेका नागरिकलाई बढी पैसा तिरा’उन लगाउने ‘दलाल’ अजय सोडारी रहेछन्,’ उनले भने, ‘सोडारीले कोरियामा जाने नेपालीहरूले नेपालमा पनि अनिवार्य क्वारे’न्टिन बस्नुपर्ने भनेका रहेछन्, जुन गैरका’नूनी कुरा भयो ।’

मन्त्री श्रेष्ठले होटल सञ्चालकलाई बढी लिएको पैसा तत्कालै फिर्ता गर्न भनेका छन् । ‘८३ जना नेपाली आजै दिउँसो ४ बजे उड्दैरहेछन्, म अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो उनीहरूलाई भेट्छु र उनीहरूले पैसा फिर्ता नपाएको बताए भने तत्कालै फिर्ता पाउने व्यवस्था मिलाउँछु,’ लोकान्तरसँग मन्त्री श्रेष्ठले भने ।

सोडारीलाई गौशाला प्रहरीले पक्रा’उ गरेको छ । यसअघि कोरिया रोजगारी खुलाउनुपर्छ भन्दै अभियान चलाउने संघर्ष समितिमा समेत सोडारी थिए । उनले नै ८३ जनालाई होटलमा बढी रकम असुलेको मन्त्री श्रेष्ठको भनाइ छ । -यो खबर लोकान्तरमा छ । तस्बिर : चिया गफ

२०७८ मंसिर ९, बिहीबार ०५:४१ गते 1 Minute 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।