२०७९ आश्विन १५ शनिबार

कतार प्रवेशको लागी नयाँ नियम, कतारमै खोप लगाएकाहरु पनि क्वा’रेन्टाइन बस्नै पर्ने !

दोहा : को’भिड-१९ वि’रूद्धको दुवै मात्राको खोप कतारमै लगाएकाले समेत कतार प्रवेश गर्दा दुई दिन क्वारे’न्टाइनमा बस्‍नुपर्ने भएको छ ।

कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका र कतारी परिचयपत्र वाहक तर खोप नलगाएका हकमा भने १० दिन होटल क्वारेन्टा’इन बस्‍नुपर्ने भएकाे हाे । होटल क्वा’रेन्टाइनमा राखेर परीक्षण गर्दा को’भिड नेगे’टिभ आएपछि मात्र आफ्नो गन्तव्य

स्थल जान पाइने कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । शनिबारदेखि लागू हुने उक्त नियम नेपालबाट कतार जानेहरुलाई मात्र नभई सबैलाई लागू हुनेछ । खोप नलगाएका (पारिवारिक, पर्यटक र व्यापारीक भिसा) यात्रुहरूलाई प्रवेश नदिने दूतावासले जनाएको छ ।

नेपालमा खोप लगाएर कतार काम गर्न जानेको हकमा १० दिन क्‍वारे’न्टिनमा बस्‍नुपर्नेछ । कतारमा नै खोप लगाएका वा काेभिड भएर ठीक भएकाकाे हकमा मात्र दुई दिन क्वारेन्टाइन तोकिएको हो ।

कतारस्थित नेपाली राजदूतावासद्वारा जारी सुचना : नेपालबाट कतार प्रवेश गर्दा अनिवार्य होटल क्वारे’न्टाइन बस्नुपर्ने मापद’ण्ड लागू हुने सम्बन्धी जानकारी ।

२ सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापद’ण्ड अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका होटल क्वारेन्टाइनको पालना गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ:

१. कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा को’भिड-१९ सं’क्रमण भई निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वा’रेन्टिन बस्नुपर्ने । दोश्रो दिनमा पि सी आर परीक्षण गरी नेगेटि’भ नतिजा आएपछि आफ्नो गन्तव्यमा जान पाइने ।

२. कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका QID वाहक यात्रुहरूले १० दिन होटल क्वारेन्टा’इन बस्नुपर्ने।
३. खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेश भीसा अन्तर्गतका) यात्रुहरूलाई कतारमा प्रवेश नदिईने । थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्नुहोला ।-समाज पत्र बाट

२०७८ मंसिर ९, बिहीबार १२:४५ गते 1 Minute 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।