२०७९ आश्विन १२ बुधबार

अब कतारमा अवैधानिक कामदारके कम्पनी रोजेर काम गर्न पाउने !

दोहा : कतारले रोजगारीका लागि कतार पुगेका तथा विभिन्न कारणले कतारी आईडी प्राप्त गर्न नसकेका वा नविकरण हुन नसकी अवैध रुपमा कतारमा रहेका विदेशी श्रमिकले आफ्नो

बसाईलाई वैधानि|क बनाउन पाउने भएका छन् । कतार सरकारले त्यसरी अवैधा’निक रुपमा बस्दै आएका विदेशी श्रमिकले कुनै रोजगारदाता कम्पतीबाट जव अफर लेटर लिएर आवश्यक कागजात सहित तोकिएका केन्द्रहरुमा निवेदन दिएमा उनीहरुको बसाई कानु’नी हुनेछ ।

कतार स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै त्यसरी निवेदन दिनेहरुलाई हालसम्मको द’ण्ड जरि’वाना छुट तथा मिनहा गरी नयाँ कम्पनीमा रोजगारीका लागि अनुमति प्रदान हुनेछ । यसका लागि उम्म सलाल सर्भिस सेण्टर, उम्म सुनाईम सर्भिस सेण्टर, मेसाइमिर सर्भिस सेण्टर, अल वक्रा सर्भिस सेण्टर र अल रैयान सर्भिस सेन्टरमा निवेदन दिन सकिनेछ ।

यसैगरी कुनै नयाँ रोजगारदातासँग काम गर्नेगरी जव अफर लेटर प्राप्त गर्न नसकि स्वदेश फर्किन चाहनेहरुले भनें सर्च एण्ड फलो अप डिपार्टमेण्टमा रहेको काउन्टरमा नेपाल फर्किने टिकट सहित सम्पर्क गर्न सक्नेछन् ।

यसरी सम्पर्क गर्नेहरु पनि द’ण्ड जरि’वानाबाट बच्ने दूतावासले जनाएको छ । भ्रमण भिसा (टुरिष्ट भिसा) मा कतार पुगेर भिसाको म्याद समाप्त भएकाहरु प्नि यहि प्रकृया मार्फत स्वदेश फर्किन पाउनेछन् ।

यसरी फर्किनेहरु पनि द’ ण्ड जरि’वानाबाट बच्ने छन् । कतार सरकारले जारी गरेको यो घोषणा ३१ डिसेम्वर २०२१ (२०७८ पुष १६) सम्म लागु हुने भएकाले सो अवधि भित्र यो अवशरको स’दूपयोग गर्न दूतावासले अनु’रोध गरेको छ ।-समाज पत्र बाट

२०७८ मंसिर ९, बिहीबार २१:०२ गते 1 Minute 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।