२०७९ आश्विन १५ शनिबार

ओली भन्नुहुन्छ – तुइन युग अन्त्य भएर सुरुङ युग सुरु भएको छ ।

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुइन युगको अन्त्य भएर सुरुङ युग सुरु भएको बताएका छन् ।
शुक्रबार चितवनमा एमालेको दशौँ महाधिवेशन सत्रलाई

सम्बोधन गरेका ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछि तुइन विस्थापित गरेर सुरुङ युगको सुरुवात गरेको बताएका छन् । अध्यक्ष ओलीले त्रिशुलीको बाटो भएर हिँड्ने जो कोहीले तुइन नभएको देख्ने बताएका छन् ।

उनका अनुसार पहिले त्रिशुलीमा तुइनै, तुइन थियो तर, अहिले छैन । ‘विस्थापित गरेको पहिलोपटक प्रधानमन्त्री हुँदा मैले भनेको थिए खिचेर राख्नुस साथीहरु– अब तुइन रहने छैन । हतार हतार (प्रधानमन्त्रीबाट) मलाई हटाए ।

फेरि आएर मैले तुइन विस्थापित गरे,’ उनले भने, त्रिशुलीको बाटो हिँड्नुस, पहिले तुइनै, तुइन देखिन्थे । तुइनै तुइनकै खोलो थियो, त्रिशुली । आज त्रिशुलीको बाटो हुँदै काठमाडौ, नारायणघाटमा एउटा पनि तुइन छैन ।

पक्की पुल बन्दैछन्, बनिसकेका छन् । झोलुंगे पुल बनिसकेका छन्, बन्दै छन् । तुइन युगको अन्त्य भएर सुरुङ युगको सुरु भएको छ । विज्ञान, प्रविधिमार्फत वैज्ञानिक अवधारणासहितको नेपाल बनाउन चाहन्छौँ ।’- न्युज 24 नेपाल

२०७८ मंसिर १०, शुक्रबार २१:०० गते 1 Minute 226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।