२०७९ आश्विन २० बिहीबार

रोमानियाको कामदार भिसामा नेपालीहरु जान पाउने !

काठमाडौं ; रोमानियाको कामदार भिसामा नेपालीहरु जान पाउने व्यवस्था लागु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले

रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले नेपालबाटै भिसा आवेदन गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् । वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपाली कामदारको भिसा प्रक्रियाका लागि हाल भारतको राजधानी नयाँ दिल्ली

जानुपर्ने बाध्यता रहेको छ । भिसा प्रक्रियाका लागि लामो समय नयाँदिल्लीमा बस्नुपर्दा लागतसमेत अनावश्यक रूपमा बढ्ने गरेकोे छ । बिहीबार शिष्टाचार भेटमा आएका नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँगको कुराकानीमा मन्त्री श्रेष्ठले उक्त आग्रह गरेकोे

मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोका साथै रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले भिसा प्रक्रियाका बारेमा छलफल भएको थियोे ।

पछिल्लो पाँच वर्षमा नेपालबाट ७ हजार ६ सय १८ जना रोमानिया गएका छन् । रोमानियाका लागि गत असोज महिनामा २ सय ९ जना र कात्तिकमा २ सय ५० जनाको श्रम स्विकृति भएको छ ।

मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको भन्दै रोमानियाको रोजगारीप्रति नेपालीको चासो बढेको बताएका थिए । नेपालले रोमानियासँग श्रम सम्झौता गर्न चाहेको र नेपालले पठाएको श्रम सम्झौताको मस्यौदामा

रोमानिया सरकारले सकारात्मक प्रतिक्रिया जनाएकोमा धन्यवाद व्यक्त गर्दै मन्त्री श्रेष्ठले नेपाल रोमानियासँग आपसी समझदारीमा काम गर्न ईच्छुक रहेको जानकारी दिएका थिए । नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । – साझा सबाल बाट

२०७८ मंसिर ११, शनिबार ०५:२७ गते 1 Minute 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।