२०७९ आश्विन १० सोमबार

हातमा टर्च लाईट बोकेर आफुहरुले गरेको फोहोर सफा गर्न थाले एमाले युवा कार्यकर्ताहरु !

काठमाडौं : नेकपा एमाले को १० औं महाधिवेशन आजबाट सुरु भएको छ । चितवनको नारायणघाटको नारायणी किनारमा बनाईएको भव्य स्टेजबाट महाधिवेशन सुरु भएको थियो ।

महाधिवेशनको सुरुवातमा शुभकामना दिन प्रधानमन्त्री शेर बहादुर देउवादेखि अरु पार्टीका शिर्ष नेताहरु सहभागी भएका थिए । नेकपा एमालेलाई शुभकामना दिएर फर्किए संगै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य राखेका थिए ।

अध्यक्ष ओलीले आफ्नो मन्तव्य सकेर फर्किएसंगै कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रम सकिएसंगै लाखौँ जनता सहभागी रहेको उक्त कार्यक्रम स्थल फोहोर समेत भएको थियो । कार्यक्रम सकेर जनता फर्किएसंगै एमालेका युवा कार्यकर्ताहरु हातमा टर्च लाईट बोकेर कार्यक्रम स्थलदेखि शहरका मुख्य

चोक सफा गर्न थालेका छन् । “कार्यक्रम गर्नु मात्र आफ्नो कर्तव्य नभएर फोहोर भएको कार्यक्रम स्थल समेत सफा गर्नुपर्ने आफ्नो कर्तव्य भएकाले गर्दा एमाले पार्टीले आफ्नो संस्कार देखाएको छ” सफा गर्दै गरेको एक युवा नेताले भनेका छन् ।

२०७८ मंसिर ११, शनिबार १०:०२ गते 0 Minutes 396 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।