२०७९ आश्विन १२ बुधबार

दक्षिण अफ्रिका सहित यी तीन देशका यात्रुलाई कतार प्रवेशमा रोक !

दोहा : कतारमा दक्षिण अफ्रिका सहित तीन देशका यात्रुलाई प्रवेश नदिइने भएको छ । ती देशहरुमा कोरो’नाभाइ’रसको नयाँ भेरि’एन्ट देखापरे संगै कतार एयरवेजले दक्षिण अफ्रिका,
जिम्बावे र मोजाम्बिक देशका यात्रुलाई आजै देखि आफ्नो

जाहजमा यात्रा गर्न नदिइने बताएको छ । तर कतार बाट त्यसतर्फ जाने यात्रुलाई भने कुनै रोकतोक गरिएको छैन, एयरवेजले भाइ’रस बारे विश्व स्वास्थ्य संगठनको जानकारी अनुसार दैनिक रुपमा यात्राको समिक्षा गर्ने बताएको छ ।

के हो नयाँ भेरि’एन्ट ?

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा देखिएको कोरो|नाभाइ’रसको नयाँ भेरिए’न्टलाई भेरिएन्ट अफ “कन्सर्न” घोषणा गरेको छ र यसलाई ओमि’क्रोन नाम दिएको छ।

यो भेरि’एन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्ट’बाट सङ्क्र’मणको जो’खिम उच्च रहेको डब्लुएचओले जनाएको छ।

यो भेरिएन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुए’चओलाई जानकारी गराइएको थियो । हालसम्म ओ’मिक्रोन बोत्स्वा’ना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ।

कैयौं देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। नेपालले त्यसतर्फ बाट आउने यात्रुलाई अनिवार्य क्वा’रेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ ।-समाज पत्र बाट

२०७८ मंसिर १२, आईतवार १९:१७ गते 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।