२०७९ आश्विन १२ बुधबार

कामदार अभावमा छटप’टाएको कोरियाले ३ विकल्पमा छलफल गर्दै, भिषा सकिन लागेका हरुको भिषा थप हुन सक्ने !

सिओल : विगत २ बर्षदेखि को’रोनाका कारण दक्षिण कोरियामा कामदारहरु सहज रुपमा प्रवेश गर्न नपाएपछि यहाँका कम्पनीहरुमा कामदार अ’भाव ति’ब्र रुपमा बढेको छ।

विदेशी कामदारहरुमा निर्भर भएका धेरैजसो कृषि तथा पशुपालन क्षेत्रका कम्पनीहरु स’मस्यामा परेका छन। इपिएस मार्फत कोरिया कामदार पठाउने १६ वटै देशहरुबाट सहज रुपमा अहिले पनि कामदार कोरिया जान पाइरहेका छैनन।

दक्षिण कोरियाले यहाँ देखिएको श्रमिक अ’भावलाई परिपूर्ति गर्नका लागि गत नोभेम्बर ५ तारिखका दिन कोरियाको श्रम तथा रोजगार मन्त्रालयले कोरियामा कामदार पठाउने १६ वटै देशहरुलाई केहि श’र्तहरु पूरा गर्ने गरि श्र’मिकहरुलाई कोरिया प्रवेश गर्न दिने निर्णय गरेको थियो।

तर कामदार पठाउने देशहरुमा भइरहेको प्रशाशनिक काममा ढि’लासुस्ति तथा दक्षिण कोरियाको सिधा उडानको संख्या ए’कदमै कम भएका कारण अझै पनि कोरियाका कृषि, उत्पादन तथा निर्माण क्षेत्रमा बढिरहेको श्रमिक अ’भावलाई सम्बोधन गर्न सकिरहेको छैन।

अहिले दक्षिण कोरियामा विशेष गरि कृषि तथा पशुपालन क्षेत्रका कम्पनीहरुमा कामदारहरुको च’रम अ’भाव भइरहेको छ। यदि कोरिया कामदार पठाउने १६ वटा देशहरुले यसैगरी सुस्त गतिमा कामदार पठाउने हो भने कोरियाको श्रम तथा

रोजगार मन्त्रालयले आशा गरेजस्तो गतिमा कामदार कोरिया प्रवेश नहुने स्थिति बन्ने निश्चित भएको छ। कोरियासम्म सिधा उडान संख्यामा कमि तथा श्रमिक पठाउने देशका प्रशासनिक काम कारबा’हिमा हुने गरेको ढि’लासुस्तिका कारण विदेशी कामदार प¥र्याप्त रुपमा कोरिया लैजान ६ महिना ढिला हुने बुझिएको छ।-कान्तिपुर प्रेस बाट

२०७८ मंसिर १२, आईतवार २०:०८ गते 1 Minute 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।