२०७९ आश्विन १० सोमबार

युगान्डाको एकमात्र अन्‍तराष्ट्रिय विमानस्थल चीनको क’ब्जामा !

बेइजिङ : चीनले युगान्डाको एकमात्र अन्र्त’राष्ट्रिय विमानस्थल आफ्नो क’ब्जामा लिने भएको छ । युगान्डाले ऋ’ण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्र्तरा’ष्ट्रिय विमानस्थल

आफ्नो क’ब्जामा लिने भएको हो । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी नेतृत्वको तत्कालिन सरकारले सन् २०१५ मा सो विमानस्थल विस्तारका लागि चीनको एक्स्पोर्ट– इम्पोर्ट बैंकबाट २०७ मिलियन डल ऋ’ण लिएको थियो ।

सात वर्षभित्र सो ऋ’ण चु’क्ता गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम युगान्डाले तोकिएको समयावधिभित्र ऋण तिर्न नसक्ने भएपछि चीनले सो अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो क’ब्जामा लिने भएको स्थानिय मिडियालाई उद्धृत गर्दै

अन्र्तरा’ष्ट्रिय मिडियाले खबर छापेका छन् । चीनसँग सो सम्झौतामा पुनवार्ता गर्न गत मार्चमा राष्ट्रपति मुसेभेनीले पत्र पठाएकोसमेत उल्लेख गरिएको छ । तर सो प्रस्ताव असफल भएको समेत बताइएको छ ।-अन्नपूर्ण पोस्ट बाट

थप समाचार,
घट्दैछ कच्चा तेलको मूल्य !

काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा क’च्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल निगमका अनुसार करिब एक हप्ताअघि प्रति’ब्यारेल ८२ डलर रहेको क’च्चा तेलको मूल्य ७२ डलरमा झरेको छ ।

कोरो’नाको नयाँ भे’रियन्ट ओमि’क्रोनको प्रभा’व र अमेरिकाले रणनीतिक भण्डा’रणबाट पाँच करोड ब्यारेल पेट्रोलियम पदार्थ निकासा गरेपछि क’च्चा तेलको मूल्य घट्न थालेको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “कच्चा तेलको मूल्य बिस्तारै घट्न थालेको छ ।

विशेष गरी अमेरिकाले भण्डारण गरेको तेल बजारमा पठाउनु र कोरोनाको नयाँ भेरि’यन्टका कारण घट्ने सम्भावना छ, सुधारको सङ्केत देखिएको छ ।” निरन्तरको मूल्य वृद्धिले हरेक १५ दिनमा दुई अर्ब घाटा बेहोरिरहेको निगमले सञ्चित रकमबाट पूर्ति गरिरहेको छ । निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपियाँ रहेको छ ।

पछिल्लो घाटालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ । मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम चलाइएको छैन । स्थिरिकरण कोषको रकम निकासाका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँ

अनुमति दिनुपर्छ कर्मचारी बोनसका लागि सञ्चित गरिएको रकम तीन अर्ब रुपियाँ छ । सो रकम पनि नचलाइएको निगमका प्रवक्ता उपाध्यायले बताए । यी सब गर्दा निगमसँग हाल २१ अर्ब रुपियाँ रकम रहेको छ । -यो समाचार गोरखापत्र दैनिकमा छ ।

२०७८ मंसिर १३, सोमबार ०८:०६ गते 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।