२०७९ आश्विन २० बिहीबार

यूएईमा ५० औं राष्ट्रिय दिवस मनाउन तीन दिन छुट्टी !

दुबई : यूएई सरकारले यहाँको स्मृति दिवस तथा राष्ट्रिय दिवसको अवसरमा तीन दिन बिदा दिने भएको छ।
मानव संसाधनका लागि संघीय प्राधिकरणले संघीय

कर्मचारीलाई १ डिसेम्बर बुधबारदेखि ३ डिसेम्बर शुक्रबारसम्म तीन दिनको बिदा दिन लागेको हो । ४ डिसेम्बर शनिबार सप्ताहन्त भएकोले सोसहित ती कर्मचारीले चार दिनको बिदा पाउने छन्। डिसेम्बर ५ बाट मात्रै सरकारी कार्यालयहरु सञ्चालन हुनेछ ।

यूएईले यसवर्ष आफ्नो ५०औं राष्ट्रिय दिवसको अवसरमा स्वर्णजयन्ती मनाउँदै छ। जसकारण यस वर्षको राष्ट्रिय दिवसलाई विशेष रुपमा मनाइदैंछ । सो अवसरमा देशका विभिन्न स्थानमा गरी कम्तीमा पनि १२ स्थानमा शानदार रुपमा आतिशबाजीको आयोजना गरिने छ ।-समाज पत्र

थप समाचारं,
राखेप सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय!

काठमाडौं : सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त गर्ने निर्णय गरेको छ
सोमबार आज बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्नेबारे निर्णय गरेको हो ।

यसअघिका सदस्य सचिव रमेश सिलवाल बर्खास्तीम परेपछि उक्त पद रिक्त थियो । सदस्य सचिवका लागि दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेका थिए ।

जसमा सिफारिस समितिले टंकलाल घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सिफासिर गरेको थियो । त्यसमध्ये पनि घिसिङले सदस्य सचिवमा बाजी मारेका हुन् । घिसिङ माओवादी केन्द्रका नेतासमेत हुन् ।

२०७८ मंसिर १३, सोमबार १९:५९ गते 1 Minute 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।