२०७९ आश्विन ११ मंगलवार

कतारमा पनि बढ्न थाल्यो को’रोना, नेपालीहरु लाइ सतर्क रहन आग्रह !

दोहा : निरु गौतम, कतारको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज २४ घण्टामा थप १५३ जनामा ​​नया को’रोना भाइ’रस को बिरामी पत्ता लागेको छ । आजनै १ सय २८ जना निको भएर घर फर्केका छन् ।

कतारमा अहिले सम्म निको हुनेको संख्या २ लाख ४० हजार ५२७ पुगेको छ । १५३ नयाँ केसमध्ये १३४ सामुदायिक र १९ विदेशबाट फर्केका यात्रु हुन् । कतारमा को’रोना बाट कुल मृ’त्यु हुनेको संख्या ६११ पुगेको छ। ।

कतारको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४,९६१,९१२ जनालाई को’रोनाको खोप दिईएको छ। कतारमा हालसम्म कूल को’रोना सङ्क्र’मितको सङ्ख्या २ लाख ४३ हजार १ सय ३२ पुगेको छ भने १ हजार ९९४ सक्रिय बिरामी उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा पहिलो पटक ४ हजार ९६४ जनाको परीक्षण गरिएको थियो भने अहिलेसम्म कुल परीक्षणको संख्या २,९८२,२३७ पुगेको छ । पछिल्लो २४ घण्टामा सघन उपचार कक्षमा तीनवटा नयाँ भर्ना भएका छन् र १७ जनाले आ’ईसीयूमा उप’चार जारी राखेका छन् ।

पछिल्लो २४ घण्टामा अस्पताल भर्ना भएका ६ वटा घटनाले अस्पतालमा कुल विरा’मीको संख्या ९१ पुगेको छ । कतार मा झन्डै साढे तिन लाख नेपालि कामदार कार्यरत रहेका छन् ।

को’रोना भाइर’सलाई नि’यन्त्रण गर्न सबैले यि सावधानी अपनाउन जरुरी छ ।
.शारीरिक दूरीको पालना ।
.भीडभाड हुने ठाउँहरू र अन्य मानिसहरू भेला हुने ठाउँहरूमा भरिसक टाढा रहनुहोस्।

.अनिवार्य अनुहारमा मास्क लगाउनुहोस ।
.नियमित रूपमा हात धुने गर्नुहोस ।
यदि कोरोनाको को लक्षण देखिएमा जो कोहीले तुरुन्त १६०००हेल्पलाइनमा सम्पर्क गर्नुहोस ।

२०७८ मंसिर १४, मंगलवार ०१:२५ गते 1 Minute 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।