२०७९ आश्विन १० सोमबार

युएईको स्वर्ण जयन्तीमा राजा शेख मोहम्मदले 672 कैदीहरूलाई माफी दिदै ! कति नेपाली पर्लान् ?

युएई : निरु गौतम, युएईको स्वर्ण जय’न्तीमा राजा शेख मोहम्मदले छ सय बहत्तर कै’दीहरूलाई माफी दिने भएका छन् । खालीज टाइम्स ले बताए अनुसार स्वर्ण जयन्तीमा छ सय बहत्तर कै’दीहरूलाई माफी पाउने भएका हुन् ।

युएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका राजा , महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले दुबईको जे’लमा रहेका छ सय बहत्तर कैदीहरूलाई रिहा गर्न आदेश दिएका छन्।

युएईको ५० औं राष्ट्रिय दिवसको अवसरमा यो कदमको घोषणा गरिएको हो । दुबईका महान्यायाधिवक्ता, कुलपति एसाम इसा अल हुमैदानले भने शेख मोहम्मदको निर्णयले देशको मानवीय मूल्य र मा’फी पाएका कै’दीहरूलाई समाजमा पुन एकीकरणको अवसर प्रदान गरेको छ ।

थप समाचार : निरु गौतम, युएई,दुबईमा र’क्सी जन्य पेय पदार्थ किन्न तथा बिक्री’बितरण समन्धीको कानून लाई सम्सोधन गरेर झन कडा पारीएको छ ।

अब युएईमा एक्काईस वर्ष भन्दा कम उमेरका कुनैपनि ब्याक्तीले पेयजन्य मा’दक पदार्थ पिउन तथा किन्न र बिक्रीबितरण समेत गर्न पाईने छैन ।

यूएईले गत शनिवार धेरै कानुन संशोधन गरेको छ जसमा सार्वजनिक स्थान तथा लाईसेन्स नसलई चलाईएको ठाउमा पेय जन्य मादक पदार्थ सेबन गर्न पाईने छैन ।

संसोधीत नया कानुनले सयुक्त अरब इमि’रेटको बिकास तथा उपलब्धीलाई जगे’र्ना तथा भबिष्यलाई सुरक्षित राख्न सहयोग पुग्ने आशा राखिएको छ ।

रक्सी जन्य पेय पदार्थ किन्न तथा बिक्रीबितरण समन्धीको कानुन संगै अन्य ४० ओटा कानुनमा एकैपटक व्यापक सुधार गरिएको छ । युएईको ईतिहासमा ५० वर्ष पछि एकैपटक यति धेरै कानुनहरु संसोधन गरिएको हो ।

स्थानीय र संघीय दुवै तहमा गहन समन्वयपछि नयाँ व्यवस्था परिवर्तन भएको हो, जहाँ ५० संघीय र स्थानीय अधिकारीहरूका ५४० विशेषज्ञ र विज्ञहरू सम्मिलित टोलीले विगत पाँच महिनामा १०० भन्दा बढी निजी क्षेत्रका संस्थाहरूसँग परामर्श गरी विश्वव्यापी रूपमा एकरुपता ल्याउन यो नियम ल्याईएको हो ।

२०७८ मंसिर १४, मंगलवार १७:५० गते 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।