२०७९ आश्विन २० बिहीबार

अरूले शपथ र बधाई थाप्दा टुलुटुलु हेरेर बसिरहे भीम रावल र घनश्याम भुसाल !

काठमाण्डाै : नेकपा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग हारेका भीम रावल लामो समय मञ्चमा ओलीसँगै बस्नुभएको थियो ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विजयी पदाधिकारी र केन्द्रीय सदस्यको नाम लिइरहँदा रावल र अर्का नेता घनश्याम भुसाल निराश देखिनुहुन्थ्यो ।त्यसअघि मत परिणाममा ढिलाइ भएको बेला मञ्चमा सँगै बसेका ओली र

रावलले बेला–बेला कानेखुसी गरेको पनि देखिन्थ्यो ।
भीम रावलले मास्क खोल्नुभएको थिएन भने घनश्याम भुसाल मास्कविनै मञ्चको पछिल्लो भागमा बस्नुभएको थियो । नेकपा एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट शपथ लिनुभयो भने बाँकी पदाधिकारीले अध्यक्ष ओलीबाट शपथ लिएका छन् ।
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले

आफूले पार्टीलाई अझै बलियाे बनाउने बताउनुभएको छ ।पार्टीकाे १० औँ महाधिवेशनमा चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यकाे शपथ ग्रहणपछि बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सर्वसम्मत र निर्वाचित भएको टिम जुझारु र मेहनती भएकाले पार्टी थप बलियो हुने ओलीको भनाइ छ ।

२०७८ मंसिर १४, मंगलवार २१:३७ गते 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।