२०७९ आश्विन १० सोमबार

दक्षिण कोरियामा को’रोनाको नयाँ भेरि’यन्ट ‘ओमि-क्रोन’ देखियो !

सउल : दक्षिण कोरियामा पनि को’भिड–१९ को नयाँ भेरियन्ट ‘ओमि’क्रोन’ फे’ला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी केडिसीएका अनुसार हालै नाइजेरियाबाट

दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमि’क्रोन देखिएको हो । को’रोनाविरु’द्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए ।

उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमि’क्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरि’यन्ट ओमि’क्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भे’रियन्ट देशमा फै’लिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ ।

केडिसीएले ओमि’क्रोन भे’रियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परी’क्षण ति’व्र पारेको छ । ओमि’क्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रा’स फैलि’एको छ । ओमि’क्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रा फेरि रोकिन सक्ने खतरा बढेको छ ।

२०७८ मंसिर १५, बुधबार ०९:५८ गते 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।