२०७९ आश्विन २० बिहीबार

अबुधाबी मा डिसेम्बर २ देखि ४ गतेसम्म यात्रुबहाक बस र ट्रक नचल्ने

अन्तर्राष्ट्रिय समाचार – अबुधाबी मा डिसेम्बर २ देखि ४ गतेसम्म यात्रुबहाक बस र ट्रक नचल्ने !

अबुधाबी : निरु गौतम, युएइले आफ्नो पचासौ राष्ट्रीय दिवस धुमधाम सग बिभिन्न कार्यक्रम को योजना गरेर मनाउदै छ । पचासौ राष्ट्रियदिबस लाइ ध्यान मा राख्दै अबूधाबी मा यात्री बहाक बस र ट्रक चलाउन रोक लगाउने भएको छ ।

राष्ट्रीय दिवसमा हुने भिडभाड र सुरक्षाको ख्याल राख्दै दुइ डिसेम्बर देखि नै यात्री बहाक बस र ट्रक अबुधाबी प्रबेशमा रोक लगाइने भएको हो । यो नियम दुइ डिसेम्बर बाट लागु भएर चार डिसेम्बर सम्म रहनेछ ।

अबुधाबी छिर्ने मुख्य प्रवेशद्वार, शेख जायद ब्रिज, शेख खलिफा ब्रिज मुसाफाह ब्रिज र अल मक्ता ब्रिजलगायत मुख्य भूमिलाई जोड्ने चारवटा पुलहरूमा भारी सवारी साधनहरूलाई प्रयोग गर्न अनुमति दिइएको छैन ।

सबै सडकमा ट्राफिक गस्ती तैनाथ गरिएको तथा ट्राफिक प्रवाहलाई स्मार्ट प्रणाली मार्फत नियन्त्रण गरिने बताइएको छ अधिकारीहरूले भने । पचासौ राष्ट्रीय दिवस लाइ लक्छित गर्दै उता सारझाह सिटीले पनि फ्री को पार्किङ्ग उपलब्ध गराएको छ ।

२०७८ मंसिर १५, बुधबार १७:३८ गते 1 Minute 343 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।