२०७९ आश्विन २० बिहीबार

एकै दिन विमानस्थलबाट २१ किलो “बाला आकार”को सुन बरा’मद, तस्क’रको जालमा फस्दै विदेशबाट फर्किने नेपाली !

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरा’मद गर्न शुरु भएको छ । सोमबार मात्रै विमानस्थल भन्सा’र कार्यालयले वैदेशिक रोजगारी र घुम्न गए फर्किएका नेपालीलाई भरिया

बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहाना आकारका सुन बरा’मद गरेको छ । दुबई, कतार र मलेसियाबाट नेपाल फर्किएका ४१५ जना यात्रुले बालाको आकारमा ल्याएको सुन नि’यन्त्रणमा लिइएको भ’न्सार विभागले जनाएको छ ।

विदेशबाट नेपाल फर्किने नेपालीलाई दिइएको झिटी’गुन्टाको सुविधा अन्र्तगत ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरी ल्याउन पाइन्छ । सोही सुविधालाई दुरु’पयोग गर्दै तस्करले बालाको आकार दिएर काँचो सुनको तस्क’री गरेको आशं’कापछि भन्सारले गहना आकारमा मात्रै ढालिएका सुनलाई बरा’मद गर्न अभियान थालेको हो ।

एक दिनमै यसरी भित्रिएको बाला आकारको ठूलो परि’माणको सुनलाई भन्सार ति’र्न अनिवार्य गरिएको छ । मंगलबार बिहानसम्म सुन बोकेर आएका १९५ जना यात्रुले बरा’मद भएकोमध्ये ९ किलो ९७६ ग्राम सुन भन्सार तिरेर लगेका छन्

भने बाँकी सुनको भन्सार तिर्न यात्रुहरु आउने क्रम जारी रहेको विभागले जनाएको छ । यस्तो सुनमा भन्सार रकम हालसम्म ९४ लाख ६५ हजार ५४८ रुपैयाँ भन्सार संकलन भएको छ ।

झिटिगु’न्टा नियमअनुसार ५० ग्राम बाहेक थप २०० ग्रामसम्म सुन ल्याउने सुविधा छ । यसरी सुन ल्याउँदा ५० ग्रंाममा भन्सार लाग्दैन भने २०० ग्राममा भन्सार ति’र्नुपर्छ । सो भन्दाबढी सुन ल्याए जफत हुन्छ ।

यस्तै व्यक्तिगत प्रयोजनबाहेकमा १०० ग्रामसम्मको सुन भ’न्सार तिरेर ल्याउन पाए पनि सो भन्दा बढी भित्र्या’ए जफत हुन्छ । विमानस्थलमा अहिले फेला परेको सुन गहनाको रुपमा २५० ग्राम र व्यक्तिगत प्रयोगको रुपमा एक सय ग्राममा दिइएको सुुविधा अन्र्त’गतको भएको भन्सार विभागले जनाएको छ ।
-अनलाइन खबर बाट

२०७८ मंसिर १५, बुधबार १७:५० गते 1 Minute 463 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।