२०७८ माघ ११ मंगलवार

ग्वार्काेमा ‘फ्लाई ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढ्दै !

काठमाडौँ : सञ्चिता घिमिरे, नेपाली आफैँले पहिलोपटक निर्माण गर्न लागेको ‘फ्लाई ओभर’ का रुपमा रहेको ग्वार्काेस्थित ‘फ्लाई ओभर’का लागि निर्माण कम्पनी छनोटको काम अघि बढाइएको छ ।

निर्माणका लागि ठेक्का आह्वान गरिएकामा नौ कम्पनीले आवेदन दिएका थिए । अहिले ठेक्का मूल्याङ्कनका क्रममा रहेको गुणस्त’र, अनुस’न्धान तथा विकास केन्द्रका प्रमुख प्रभात झाले बताउनुभयो । नयाँ प्रकारको ठेक्का भएकाले ढिला भएकामा आगामी दुई सातासम्ममा टुङ्गो लाग्ने उहाँको भनाइ थियोे ।

“नेपाली निर्माण व्यवसायीले नै निर्माण गर्नेछन् ।” केन्द्रका प्रमुख झाले भन्नुभयो, “निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न हुनेछ ।” बोलपत्र हाल्ने कालिका कन्स्ट्र’क्सनको अदा’लतमा मु’द्दामा परेकाले उसलाई मूल्याङ्कनमा पार्ने कि नपार्ने भन्ने अन्यो|लका कारण केही समय लागेकामा अहिले समावेश गर्न निर्देशन आएको केन्द्रका इन्जि’नीयर सरोज बज्राचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नौ कम्पनीको बो’लपत्र मूल्याङ्कन गरेर छनोट गरिनेछ ।” काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी साधनको चाप कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्ड’रपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

आठ लेन रहेको चक्र’पथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको केन्द्रले जनाएको छ । बालकुमारीबाट आएका सवारी साधनका लागि चार लेन उठाएर ग्वार्काेतिर लग्ने र अर्काे चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने इन्जिनीयर बज्राचार्यले बताउनुभयो । ‘फ्लाई ओभर’को जम्मा लम्बाइ झन्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ । माथि चढ्न र झर्नका लागि ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्र’क्चर हुनेछ ।

सरकारले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपत्यकामा व्यस्त सात चोकमा सवारी साधनको आवागमन सजिलो बनाउनका लागि अध्ययन गर्न उल्लेख गरेकामा केन्द्रले ग्वार्काे, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको थियो । परार्म’शदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्काेमा निर्माण अघि बढाइएको केन्द्रले जनाएको छ ।

ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्काे छानिएको इन्जि’यियर बज्रा’चार्यको भनाइ थियो ।
विभागले चक्रपथका चोक–चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्ड’रपास’ निर्माण गरेर कुनै पनि ठाउँमा सवारी साधन नरोकिने अवधारणा ल्याएको छ । विमान’स्थल झरेर कलङ्की पुग्दा कतै पनि सवारीसाधन नरोकिने गरी जान सक्ने बनाउने दीर्घ’कालीन योजना रहेको केन्द्रले जनाएको छ ।

‘फ्लाई ओभर’ बिएन्डबी अस्पताल नजिकैको ग्वार्काेबाट बालकुमारीको केही अघिसम्म रहने छ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारी साधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मङ्गलबजारतर्फबाट इमा’डोल वा इमाडो’लबाट मङ्गलबजारतर्फ सवारी साधन चल्न सक्ने केन्द्रले जनाएको छ ।

सरकारको आफ्नै लगानीमा निर्माण गर्न यो योजनामा नेपाली निर्माण व्यवसायीले नै काम गर्ने भएका छन् । अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मे’वारी दिन लागिएको हो । नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत ठूला र ज’टिल ठूला पुल बनाएर आफूलाई प्रमाणित गरिसकेकाले जिम्मे’वारी दिइएको हो ।-रासस

२०७८ मंसिर १५, बुधबार २२:४३ गते 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार