२०७९ आश्विन १५ शनिबार

मन्त्री प्रेम आले नै यात्रुले भरिएको माइक्रोबसमा कोचिएर यात्रा गरे पछि…

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रो’बसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक

टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् । रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् ।

विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

थप समाचार, नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्यु’निष्ट आन्दो’लनको मूलधारका रुपमा स्थापित बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो महाधिवेशनबाट पार्टी एक ढि’क्का भएको छ, एक जुट भएका छौं ।” महाधिवेशनले एउटा सन्देश पनि दिनसकेको जनाउँदै उहाँले एमाले नै कम्युनिष्ट आन्दो’लनको मूलधार हो भन्ने प्रमाणित भएको बताउनुभयो ।

निर’ङ्कुशताविरु’द्धको लोकतान्त्रिक आन्दो’लनको यो नै मूलधार हो भन्ने सन्देश दिन महाधिवेशनले सकेको उहाँको भनाइ थियो । एमालेलाई जनताको उत्तिकै समर्थन रहेछ भन्ने कुरा यो महाधिवेशनबाट स्थापित भएको उल्लेख गर्दै उहाँले यसैका आधारमा अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सन्तुष्टि सयमा सय कहिल्यांै हुदैन, तर समग्रमा म सन्तुष्ट छु ।” विधान महाधिवेशनका सन्दर्भमा पनि यिनीहरुले के गर्छन् रु सक्छन् की सक्दैनन् भन्ने प्रश्न उठेको भन्दै उहाँले हामीले सफल बनाएर देखाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ।

“हाम्रो राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने थियो, तर अहिले सफलता पूर्वक सम्पन्न भयो ।” निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरा हुँदैन भन्दै नेम्वाङले यसलाई स्वभाविक रुपमा लिइने बताउनुभयो । पराजित भएकालाई सम्मानका साथ समेटेर सहभागी गराएर अघि बढ्ने उहाँको भनाइ थियो ।

२०७८ मंसिर १६, बिहीबार ०९:२२ गते 1 Minute 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।