२०७९ आश्विन १२ बुधबार

यी नौ वटा देशबाट नेपाल आउन रोकियो !

काठमाडौ : को’भिड १९ को नयाँ भे’रिएन्ट ‘ओमी’क्रोन’ फैलिएसँगै संक्र’मण मुलुक भित्रिनबाट रोक्न सरकारले नौ वटा देशबाट नेपाल आउन बन्देज लगाएको छ ।

बिहीबार रातिदेखि नै लागू हुने गरी सरकारले दक्षिण अफ्रिका, जिम्बाबे, नामिविया, बोत्सवाना, लोसोथो, इसवाटिनी, मोजाम्विक, मलावी र हङकङबाट नेपाल आउन रोक लगाएको हो ।

यसैगरी ति मुलुकलाई ट्रा’न्जिट बनाएर आउने अरु देशका नागरिकलाई पनि अर्को आदेश नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको छ । सरकारले प्रति’बन्ध लगाइएका मुलुकको यात्रा गरेर तीन साता अवधि पूरा नगरेका अरु देशका नागरिकलाई पनि नेपाल प्रवेशमा प्रति’बन्ध लगाएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले को’रोनाको नयाँ भेरि’एन्ट ओमि’क्रोन फैलिन नदिन तथा त्यस वि’रुद्ध प्रतिकार्य योजना लागू गर्ने गर्ने ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश–२०७८’ जारी गरेको थियो ।

विभिन्न देशका कोरोनाको नयाँ भेरि’एन्ट ओमि’क्रोन देखापरेसँगै नेपालमा त्यसको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद बैठकले को’भिड–सं’कट व्यवस्थापन केन्द्र सीसीएमसी०को अगुवाइमा क्वा’रेन्टिन व्यवस्थापन टोली गठन गर्न निर्देशन पनि दिएको छ ।-चिया गफ

२०७८ मंसिर १७, शुक्रबार १२:३७ गते 1 Minute 1073 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।