
एजेन्सी : पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् । प्रिमियर लिग अन्तरगत आर्सनल वि’रुद्ध ३–२ को
जित निकालेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले ८ सय गोल पुरा गरेका हुन् । उनले व्यवसायिक खेल करियरमा स्पोर्टिङ सिपीबाट ५, म्यानचेस्टर युनाइटेडबाट ११८, रियल म्याड्रिडबाट ४५०, युभेन्ट्सबाट १०१, पोर्चुगलबाट ११५ र युनाइटेडबाट १२ गोल गरेका छन् ।
थप समाचार,
रोनाल्डोको २ गोलमा युनाइटेडको जित !
एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको गएराति भएको खेलमा युनाइटेडले आर्सनलमाथि ३-२ गोल अन्तरले पराजि’त गरेको हो ।
युनाइटेडलाई जित दिलाउनको लागि क्रि’ष्टियानो रोनाल्डोले दुई गोल गरे भने ब्रूनो फेर्ना’न्डेसले एक गोल थपे । आर्सनलका लागि स्मीथ रोव र मार्टिन ओडिगार्डले समान एक–एक गोल गरे ।
खेलेको १३औं मिनेटमा रोवले गोल गर्दै आर्स’नललाई अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा ब्रूनो गोल गर्दै खेल १-१ को बारबरीमा ल्याए ।
खेलको ५२औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइ’टेडलाई अग्रता दिलाए । तर उक्त अग्रता धेरै टिकेन । खेलेको ५४ औँ मिनेटमा ओडिगार्ड गोल गर्दै खेल २-२ को बराबरी बनाए ।
७०औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ३-२ को जित दिलाए । यो जितसँगै युनाइटेड १४ खेलबाट २१ अंकसिहत सातौँ स्थानमा छ । पराजित आर्सनल २३ अंकसहित पाँचौ स्थानमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।