२०७९ आश्विन १२ बुधबार

मन्त्री श्रेष्ठ भन्नुहुन्छ : सम्झौता अनुसार सेवा सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिनेछ ।

वैदेशिक राेजगारी – सम्झौता अनुसार सेवा सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राख्ने मन्त्री श्रेष्ठकाे भनाइ !

काठमाण्डाै : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौताअनुसार सेवा-सुविधा नदिने कम्पनीहरुलाई कालो

सूचीमा राखिने बताउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुन: एकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवा-सुविधा नदिने कम्पनीहरुलाई

कालो सू’चीमा राखिने र त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले को’रोना महामा’रीका कारण रोजगारी गु’माएर फर्कंदा बाँकी पारिश्रमिक समेत नपाएको गु’नासो गरेका थिए ।

उनीहरुले सम्झौताअनुसार काम र पारिश्र’मिक नपाएको, बिरामी हुँदा उ’पचार नपाएको तथा नेपाल फर्किनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए । साथै उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दु:ख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गुनासो गरेका थिए ।

२०७८ मंसिर १७, शुक्रबार १५:१० गते 1 Minute 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।