२०७८ माघ ११ मंगलवार

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले भन्नुहुन्छ : नेपाली भाषीले नै नेपाली भाषाको अपमान गर्नु दुःखद् ।

झापा : नेपाली भाषीको बाहु’ल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्य’मन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपाली भाषालाई विश्वसामु चिनाउन सबै नेपाली भाषी एक भएर लाग्नु पर्ने बताउनु भएको छ ।

सिक्किमको राजधानी गान्तो’कस्थित मनन भवनमा शुक्रबार हाम्रो वार्ता टेलिभिजनद्वारा आयोजित सिक्किम साहित्य उत्सव २०२१ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किम, दार्जिलिङ, कालिम्पोङ र नेपालमा मात्र नभई नेपाली भाषा, कला, संस्कृति र साहित्यलाई विश्वमा चिनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री गोलेले नेपाली भाषीको विश्वमा आफ्नो छुट्टै पहिचान रहेको स्मरण गराउदै त्यसलाई जीवन्त राख्न सबै नेपाली भाषी आ–आफ्नो क्षेत्रबाट कम्मर क’सेर लाग्नुपर्ने बताउनुभयो । पछिल्लो समय नेपाली भाषीले नै नेपाली भाषालाई अप’हेलना गर्ने गरेको दुखेसो गर्दै उहाँले भन्नुभयो‚

‘हामी कुनै आ’वेदन पत्र लेख्नुप¥यो भने अंग्रेजी भाषामा लेख्छौँ, नेपाली भाषामा लेख्दैनौँ, हामीले नै नेपाली भाषालाई अपहेलना गरिरहेका छौं ।’ आफ्नो भाषालाई आफैंले बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

भारतको संविधानको आठौँ अनु’सूचीभित्र नेपाली भाषाले मान्यता पाएको स्मरण गराउँदै मुख्यमन्त्री गोलेले भारत देशको संसद्मा पनि सिक्किम र दार्जिलिङका लोकसभा सांसदले नेपाली भाषामा बोल्न पाइरहेको बताउनुभयो ।

त्यस्तै सिक्किम साहित्य उत्सवको प्रमुख आकर्षकका रुपमा नेपालका चर्चित युवा कवि नवराज पराजुली रहेका थिए । कवि पराजुलीले सिक्किमेली दर्शक श्रोतामाझ ‘जो मान्छे तिमीबाहेक अन्त सुरक्षित छैन’, म ब’टुवा होइन बाटो हुँ, हेप्पी बर्थडे मेरो छोरा, म एक्लै एक्लो छैनलगायतका संगीतमय कविता वाचन गरेका थिए ।

दार्जिलिङकी कवि पवित्र लामा, कालिम्पो’ङका कवि मनोज बोगटी र सिक्किमका प्रवीण राई (जुमेली)लगायतले पनि साहित्य उत्सवमा आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रममा विद्या’र्थीहरूले मारुनी, भोटिया, लेप्चा नृत्य समेत प्रस्तुत गरेका थिए भने दुवै हात नभएका विक्रम भट्टराईले खुट्टाले चित्रकला प्रदर्शन गरेका थिए ।

२०७८ मंसिर १७, शुक्रबार १५:४१ गते 1 Minute 514 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार