२०७९ आश्विन २० बिहीबार

नेपाली विधार्थीको पहिचान खुलाउन कोरियाली नागरिकको राष्ट्रपतिसमक्ष अपिल !

सोउल : नाबालिक किशोरी ब ला’त्कार का ण्डमा मु छिएका नेपाली तथा बंगलादेशी विधार्थीको पहिचान खोल्नुपर्ने तथा दो षीलाई कडाभन्दा क डा का’रवाही हुनुपर्ने माग राख्दै दक्षिण कोरियाली नागरिकहरूले राष्ट्रपतिसमक्ष ‘पब्लिक पेटिसन’ दायर गरेका छन्।

कोरियाको निम्नमाध्यमिक तहमा अध्ययनरत नाबालिक किशोरीलाई प्रलोभनमा पारेर नेपाली तथा बगाली विधार्थीहरूले यौ’न शो’षण गर्दै आएको घट’नामा गत मंगलबार ख्याङ्दोङ प्रहरीले ६९ जनालाई पक्रा’उ गरेको थियो।

बला’ त्कृ’त किशोरीलाई गत डिसेम्बरयता पटक पटक गरेर सय प’ल्टसम्म बलात्कार गरेको प्रहरीको प्रार’म्भिक अनुस’न्धानबाट खुलेको थियो। नेपाली र बंगाली विधार्थीको पहिचान खोल्न र कडा का’र्यवाहीको माग गर्दै राष्ट्रपतिसमक्ष दायर गरिएको ‘पब्लिक पेटिसन’ मा १६ हजारभन्दा बढीको हस्ताक्षर

भइसकेको गैर’आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका निवर्तमान अध्यक्ष यज्ञराज सुवेदीले प्रवास खबरलाई जानकारी दिए। दक्षिण कोरियामा २ लाखभन्दा बढी जनताले कुनै विषयको जानकारी माग्न राष्ट्रपतिसमक्ष निवेदन दर्ता

गरेको खण्डमा राष्ट्रपति कार्यालयले सर्वसा’धारणलाई सूचना उपलब्ध गराउनु पर्ने नियम छ।.‘यो हाम्रो लागि लाजम’र्दो कुरा हो। यो घटनाले नेपालीहरूको शीर निहुरिएको छ,’ सुवेदीले भने, ‘पहिले पाकिस्तानीहरुको विषयमा राम्रो इमेज थिएन। अब नेपालीको विषयमा पनि यस्तै हुनेछ।

रोजगारी गरेर बसेका अन्य नेपालीलाई पनि यसले ठूलो क्ष’ति पु¥र्याउने छ।’ ब ला’त्कार काण्डमा मु’छिएका नेपाली विधार्थीका कारण यहाँ रहेका अन्य नेपालीलाई पनि कडाई हुने उनको भनाइ थियो। यस विषयमा आफूसँग थप जानकारी केही नभएको सौलस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत रामसिंह थापाले बताए।

‘पत्र–पत्रिकाबाटै हामीले पनि थाहा पाएका हौं। यहाँको प्रहरीसँग कुरा’कानी हुँदा अहिले अनु’सन्धान भइरहेको र सबै बताउन नमिल्ने भनेका छन्,’ कार्यव’हाक राजदूत थापाले भने, ‘अनुसन्धान सकिएपछि सबै जानकारी दिन्छौं भनेका छन्। यसपछि मात्र हामीले थप केही बताउन सक्ने छौं।’-यो समाचार प्रवास खबरमा प्रकासित छ ।

२०७८ मंसिर १७, शुक्रबार १६:१४ गते 1 Minute 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।