२०७९ आश्विन १२ बुधबार

ब्रेकिङ – एमसिसी तत्कालै पास गर्न माग, मंसिर २९ भित्र पास नगरे फिर्ता !

काठमाडौ : अमेरिकी सहयोग परियोजना एमसिसीलाई तत्काल संसद्बाट अ’नुमोदन गर्न माग गरिएको छ । नेपाल उद्योग परिसंघले यस्तो माग राखेको हो । नेपालको ऊर्जा र सडक आयोजना निर्माणका लागि अमेरिकी सरकारले एमसिसीमार्फत

५० करोड अमेरिकी डलर अनुदा’नका रूपमा दिएको छ। यो सहयोय लिने नलिने विषयमा अहिले मुलुकका राजनैतिक दलबीच वि’वाद छ। यही बेला परिसंघले एमसिसी मुलुकका लागि हितकर भएको भन्दै तत्काल अनुमोदन गर्न माग गरेको हो।

परिसंघले मंगलबार आयोजना गरेको एक कार्यक्रममा यसका अध्यक्ष विष्णुकुमार अग्रवालले एमसिसी मुलुकको हितमा रहेको भन्दै सबै राजनैतिक द’लहरूलाई सहमति गरी तत्काल संसद्बाट अनुमोदन गर्न माग गरे। अध्यक्ष अग्रवालले विगतका वर्षहरूमा दैनिक लामो समय लोड’सेडिड हुँदा मुलुकले अप्ठे’रो भोगेको भन्दै एमसिसी अनुदान विद्युत् विकासमा कोसेढुंगा हुने दाबी गरे।

एमसिसीको यो अनुदान लिन संसद्ले अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको छ। तर राजनैतिक दलहरूबीच वि’वाद देखिएकाले संसद्बाट अनुमोदन हुने नहुनेमा अन्यौल सिर्जना भएको छ। अमेरिकी सरकारले यही मंसिर २९ भित्र संसद्ले अनुमोदन नगरे अनुदान फिर्ता हुने भनिसकेको छ।

अध्यक्ष अग्रवालले विकासका सवालमा नेपालमा राजनीति हुने गरेको भन्दै यसमा एमसिसी पनि जोडिएको बताए। अध्यक्ष अग्रवालले एमसिसी अनु’मोदन गर्न माग गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएनन्। विगतदेखि नै देउवा एमसिसी अनुमोदन हुनुपर्छ भन्ने मान्यता भने राख्दै आएका छन्।

प्रधानमन्त्री देउवाले को’भिडका कारण २ वर्षदेखि समस्या आउँदा मुलुकको अर्थ’तन्त्र प्रभा’वित भएको बताउँदै आगामी दिनमा सुधार आउने अपेक्षा गरे। देउवाले अब को’भिडको बु’ष्टर डो’ज आवश्यक भएको भन्दै सरकारले त्यसको व्यवस्था गर्ने जानकारी दिए।

उनले अहिले सरकारले सामाजिक क्षेत्रमा लगानी गरिरहेको भन्दै अर्थतन्त्रको विकासमा निजी क्षेत्रको लगानी आउनुपर्नेमा जोड दिए। खुला सिमानाका साथै चीन र भारतमा हुने अधिक उत्पादनसँग प्रति’स्पर्धा गर्न कठिन पर्ने भन्दै प्रधानमन्त्री देउवाले उद्योगी व्यवसायीलाई गुणस्तर र अर्गा’निक उत्पा’दनतर्फ लाग्न सुझाव दिए। -यो खबर न्युज भण्डारमा छ ।

२०७८ मंसिर १७, शुक्रबार १८:५४ गते 1 Minute 408 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।