२०७९ आश्विन १० सोमबार

कोरियाका चर्चित नायिकाहरुले कति कमाउँछन त ? थाहा पाउदा सबै चकित !

सोउल : अहिले दक्षिण कोरियाली ड्रामाहरु विश्वभनर प्रख्यात रहेका छन। कोरियाली संस्कृति विश्वभर फै’लिएसँगै यसका कालाकारहरुको तलब पनि बढ्दै गइरहेको देखिन्छ। कोरियाका नायक नायिकाहरुले कति कमाउलान त?

धेरैलाई यो बिषयमा जान्ने इच्छा हुन सक्दछ। अहिले कोरियाका प्रख्यात नायिकाहरुले ड्रामामा अभिनय गरेको प्रति एपिसोडको २ सय मिलियन वन अर्थात करिब १ लाख ७० हजार डलर लिने गरेको पाइएको छ। कोरियाएको एक प्र’ख्यात पत्रिका हानकुक इल्बोका अनुसार कोरियाका प्र’ख्यात नायिकाहरु

सोङ हे क्यो र जुन जि ह्युन जसका ड्रामा हरु अहिले प्रसारण भइरहेका छन उनिहरुले प्रति एपिसोट ड्रामा मा अभिनय गरेको २ सय मिलियन वन लिने गरेका छन। सोङले अहिले प्रसारण भइरहेको एसबिएसको मेलोड्रामा ‘नाउ वि आर ब्रे’कि’ङ अप’ मा अभिनय गरेकी छिन भने जुन ले टिभि एन को मिस्ट्रि सिरिज ‘जिरीसन’ मा अभिनय गरेकी छिन।

कोरियामा धेरैजस्तो अवस्थामा नायक तथा नायिकाको तलबका बारेमा खासै वाहिर ल्याइदैन। श्रोतका अनुसार सङले टिभिएनको ‘इ’न का’उन्टर’ का लागि प्रति एपिसोड १० करोड वन लिने गरेकी छन।

यो कार्यक्रम सन २०१८ मा प्रसारण भएको थियो। उनि अहिले धेरैले रुचाएकी नायिका भएकी छिन। उनको अन्तराष्ट्रिय प्रसंसकहरु पनि धेरै नै रहेका छन। विश्वमै च’र्चित बनेको ‘डिसेन्डेन्टस अफ द सन’ नामक ड्रामाका कारण उनको चर्चा चुलिएको थियो।

जुन पनि एसबिएसको मेगा हिट रोमान्टिक कमेडी ‘माइ लभ फ्रम द स्टार’ मा मुख्य नायिकाका रुपमा अधिनय गर्दा प्रति एपिसोड १० करोड वन लिएको बुझिएको छ। यो ड्रामा सन २०१३ मा प्रसारण भएको थियो।

उनि धेरै समय सम्म विभिन्न टिभी कमर्सियलहरुमा प्रमुख पात्रका रुपमा देखिएकि थिइन। हानकुक इल्बोका अनुसार कोरियामा नायक र नायिकाले पाउने तलबमा धेरै अन्तर रहेको पाइन्छ। केहि नायिकाहरुले मात्र प्रतिएपिसोड १० करोड वन तलब पाउने गरेका छन तर धेरैजसो नायकहरुले यो तलब सजिलै पाएको देखिन्छ।-इपिएस साथी बाट

२०७८ मंसिर १८, शनिबार १२:४२ गते 1 Minute 498 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।