२०७९ आश्विन १० सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि बन्द, अन्तर्राष्ट्रिय उडान आकाशमै ‘होल्ड’ !

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि बन्द भएको छ । बाक्लो हुस्सु लागेका कारण बिमानस्थल बन्द भएको हो ।मौसममा आएको बदलीका कारण भिजिबिलिटी

कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्र’भावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ ।

भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको प्रवक्ता ठाकुरले जानकारी दिए । प्रवक्ता ठाकुरका अनुसार आन्तरिक उडानका लागि भिजिबि’लिटी आठ सय मिटर र आगमनको लागि भिजि’बिलिटी १६ सय मिटर चाहिन्छ ।

तर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडान अवतरण प्रभावित भएको प्रवक्ता ठाकुरले जानकारी दिए । हवाई उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चा’प छ ।

बाक्लो हुस्सु लागेकोले काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण नभएको विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उनका अनुसार विदेशबाट आएका जहाजहरु पनि आकाशमै ‘होल्ड’ छन् । विमानस्थ्ल नखुल्दा सयौं यात्रुहरु गन्तव्यतर्फ लाग्न नपाएर विमानस्थलमा अल’पत्र परेका छन् ।बंगालको खाडीमा आएको चक्रवातको अप्रत्यक्ष प्रभाव अहिले नेपालमा परेको छ । साथै पश्चिमी वायुको प्रभाव पनि नेपालमा छ ।

२०७८ मंसिर १९, आईतवार ०९:१७ गते 1 Minute 1581 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।