२०७९ आश्विन २० बिहीबार

नेपाल एयरलाइन्समा मुकेश प्रधानको दादा-गिरी, १५ यात्रुलाई राती बिच’ल्ली बनाएर प्लेन दुबई उड्यो !

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जति नै ‘दबंग’ छवी देखाएपनि नेपाल एयरला’इन्सका कर्मचारीले उनको इज्जत शनिबार राती लि’लाम गरेका छन्।

हालै पोखरा पुगेर निर्माणाधीन क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलका चिनियाँ कन्ट्र’याक्टरलाई कमसल काम गरेको भन्दै ह’प्काउन पुगेका आलेका कर्मचारीले शनिबार राती नेपाल एयरलाइन्सबाट दुबई जान लागेका १५ यात्रुलाई बिना कारण प्ले’नबाट उतारेका छन्।

‘इमि’ग्रेसन’ को सबै प्रक्रिया पूरा गरेर प्लेन चढ्न हिँडेका यी यात्रुलाई विमान कर्मचारीले बेइज्जत गरेर प्लेनबाट उतारेका हुन्। यस विषयमा यात्रुहरूले विमानस्थलका वि’शिष्ठ कर्मचारी मुकेश प्रधानसँग गुना’सो गर्दा यात्रुहरूलाई उल्टै थ’र्काएको र ‘जे गर्नसक्छौ गर’ भनेर अपमानित गरेको एक यात्रुले प्रवास खबरलाई जानकारी दिए।

यस विषयमा यात्रुहरूले गौशाला पुगेर राती साढे १२ बजे उ’जुरी पनि हालेका थिए। तर, प्रह’रीले ‘ठूला बडाले जे पनि गर्छन’ भनेर चुप लागेर बसेको यात्रुहरूको भनाइ छ। ‘यतिको अपमानित आजसम्म हुनुपरेको थिएन।

मुकेश प्रधानले उल्टै हामीलाई गा’ली बेइ’ज्जती गर्ने काम गरे। राती हामीलाई बिच|ल्लीमा पारेर जे गर्छस् गर भनेर उल्टै धम्क्या’ए,’एक कर्मचारीले प्रवास खबरलाई जानकारी दिए। विमान कर्मचारीको रवै’या देखेर ‘इमिग्रे’सन’ कर्मचारी पनि छक्क परेका थिए।

उनीहरूले यो त एयरलाइन्सको ज्या’दती भएको भन्दै यात्रुहरूप्रति सहानुभूति देखाएका थिए। ‘हामीलाई यात्रु बढी भयो भनेर अफलोड गरियो। तर, उनीहरूको कर्मचारी राखेर लगेको इमि’ग्रेसनका कर्मचारीबाट थाहा भयो,’ ती यात्रुले भने, ‘हामीलाई राती बिच्चली पारेर अफ’लोड गरिसकेपछि होटलमा राख्ने उनीहरूको कर्तब्य हो नि।

त्यो मानवीयता पनि देखाएनन्।’ अफ’लोड गरिएका यात्रुहरुमध्ये केही बिहान तीन बजे घर फर्किए भने कोही होटल खोज्न विवश बनेका थिए। उनीहरू प्ले’न चढ्न राती ८ बजे नै एयरपोर्ट पुगेका थिए। नेपाल एयरला’इन्स १५ जनालाई छोडेर सवा एघार बजे राती दुबईका लागि उडेको थियो। -प्रबास खबर बाट

२०७८ मंसिर १९, आईतवार १६:०८ गते 1 Minute 526 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।