२०७९ आश्विन ११ मंगलवार

रेखा थापालाई पत्याएनन, राप्रपा महिला महामन्त्रीमा कुन्ती विजयी !

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् ।

आज घोषित मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट ल्याएकी छन् ।त्यस्तै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्।

राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।
उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।

अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन्। ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा

भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन्। .

थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु।’

२०७८ मंसिर २०, सोमबार १०:५३ गते 0 Minutes 532 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।